महेन्द्रनगर । कञ्चनपुरमा निषेधाज्ञा जारी भएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले एक सुचना जारी गर्दै निषेधाज्ञा जारी गरेको बताएका छन् ।
यस्तो छ निषेधाज्ञाको सुचना
कञ्चनपुर जिल्ला महेन्द्रनगर बजार क्षेत्र तथ पालिका केन्द्रमा सार्वजनिक शान्ति तथा अमन चयन कायम राख्न प्रदर्शनकारीको आगजनी, डुङ्गामुढा तथा तोडफोड बढे बढाएको अवस्थालाई मध्यनजर गरि सर्वसाधारणको जीउधनको सुरक्षा गरी शान्ति सुरक्षा कायम गर्ने, सहिष्णुता, सद्भाव कायम राख अति आवश्यक देखिएकोले मिति २०८२।०५।२४ गते विहान ११ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(१०) र ६(३) बमोजिम कञ्चनपुर जिल्लाभित्र देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ । उक्त घोषणा आदेशको वर्खिलाप गरी बिना स्वीकृति ५ जना भन्दा बढी व्यक्ति आवतजावेत वा भेला वा निषेधित कार्यहरु गरेमा सुरक्षाको निम्ति खटिएको सुरक्षाकर्मीले नियन्त्रणमा लिइ कानून बमोजिम कारवाही गर्न सक्ने व्यहोरा समेत यसै सूचना द्वारा सम्वन्धित सबैको लागि जानकारी गराइन्छ।
देहायः
कञ्चनपुर जिल्लाभित्र सदरमुकाम महेबेन्द्रनगर बजार तथा बजार क्षेत्रको ३ किलोमिटर परिषरको क्षेत्र ।
पूर्व पश्चिम राजमार्गको दायाँवायाँ ३ किमी लौरी, पुनर्वास, बेलडाँडी, लालझाडीको पालिका केन्द्र भित्रका बजार क्षेत्रमा
Comments are closed.