महेन्द्रनगर । डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरेर कैदीबन्दी भागेका छन्। बुधबार बिहान उनीहरु कारागारमा आगजनी र तोडफोड गरेर भागेका हुन्।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले १२७ जना कैदी रहेकोमा ८४ जना भागेको जानकारी दिए। उनका अनुसार ३३ पुरुष र ९ महिला गरि ४२ जना कारागारमै छन्।
आगजनी र तोडफोड गरेर भागे भन्ने खबर आएको छ। सुरक्षाकर्मी लगाएर खोजेर पुनः ल्याउँछौं,’ उनले भने,
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी सुगन्त्र श्रेष्ठले कारागारमा आगजनी र तोडफोड गरेर कैदी भागेको जानकारी दिए।
Comments are closed.