महेन्द्रनगर । नागरिक समाज कंचनपुरले अराजकता तिर नगई राष्ट्र राष्ट्रियता जोगाउनका लागि आम नागरिक र सबै सरोकार पक्षले सजगता अपनाउन निवेदन गरेको छ ।
नागरिक समाज कंचनपुरका संयोजक भवराज रेग्मीद्धारा हस्ताक्षरित अपिलमा आन्दोलन सृजनाको पृष्ठभूमि लाई नागरिक समाजका तर्फवाट विश्लेषण गर्दा २०४६ सालको प्रजातान्त्रीक आन्दोलन पछि २०४८ देखि २०६२ सम्मका सरकार र ०६२÷६३ को नागरिक आन्दोलन पछि २०६३ देखी २०८२ सम्म सरकारहरुले आन्दोलनमा गरेका प्रविद्धता र जनभावना बुझ्न र सम्वोधन गर्न नसकी आफ्नै ढंगले सत्ता सवार्थ, भ्रष्टाचार, स्वार्थपूर्ण सत्ता समिकरण, गुटवन्दीमा रमाएको र आन्तरिक लोकतन्त्र कमजोर बनाएको परिणाम हो भन्ने ठानेका छौ ।
जेन–जीले भ्रटाचार र सामाजिक संजाल नियन्त्रण विरुद्ध उठान गरेको शान्ति पूर्ण आन्दोलनमा सरकारले संयमता गुमाई अत्याधिक बल प्रयोग गर्दा आन्दोलन हिंसात्मक हुन गई २० जना भन्दा बढिको मृत्यु भएको दुःखद घटनाले आम नागरिक समाजलाई मर्माहित बनाएको छ ।
साथै देशको ऐतिहासिक संरचना र सार्वजनीक सम्पत्ति जलीरहेको अवस्थाले थप चिन्नती तुल्याएको छ । जेन–जी आन्दोलनमा शाहदत भएका युवा र अन्य मृतक प्रति भावपूर्ण श्रदान्जली अर्पण गर्दछौ साथै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । व्यवस्था परिवर्तनका लागि आन्दोलन उठान जती महत्वपूर्ण छ सुरक्षित अवतरण पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ ।
अराजकताकाले कसैको पनि भलो गर्दैन ।साथै विगतका नागरिक आन्दोलनका उपलव्धिहरुको रक्षा गर्दै न्यूनतम मानव अधिकार, लोकतन्त्र, नागरिक स्वतन्त्रता जोगाउन र चाडो भन्दा चाडो देशलाई राजनीतिक निकास दिन सवैमा हार्दिक अपिल गर्दछौ ।
Comments are closed.