प्रधानमन्त्री कार्कीको शपथमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको पनि उपश्थिती

महेन्द्रनगर । प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्रीहरुमा बाबुराम भट्टराई मात्र पुगेका छन् । अन्य पूर्व प्रधानमन्त्रीहरु कोही पनि उपस्थित भएनन् ।

विगतमा यस्ता समारोहमा पूर्वप्रधानमन्त्रीहरु मन्त्रीहरु लगायतका उच्च पदस्थ सहभागी उपस्थित हुने गर्थे । निवर्तमान प्रधानमन्त्रीले शपथ समारोहमा कुर्सी हस्तान्तरण गर्ने प्रचलन थियो ।

तर आज त्यस्तो भएन । राजनीतिक दलका नेताहरु पनि उपस्थित भएनन् । रास्वपा नेता सुमना श्रेष्ठ पनि सपथमा पुगेकी थिइन् ।

उनले पनि जेनजी युवाहरुसहित प्रधानमन्त्री कार्कीसँग हात उठाएर खुसीयाली मनाएकी थिइन् । सुमना श्रेष्ठ र प्रधानमन्त्री कार्कीले अ‌ंगालो मारेर बधाई साटासाट गरेका थिए ।

सम्बन्धित

Comments are closed.