महेन्द्रनगर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै कञ्चनपुरमा काँग्रेस र नेकपा एमालेले संयुक्तरुपमा प्रदर्शन गरेका छन् ।
नेकपा एमालेको केन्द्रीय सर्कुलर अनुसार जिल्लामा पनि प्रदर्शन गरिएको हो । पार्टी कार्यालयदेखि भेटघाट चौतारीमा आएका उनिहरुले हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड र सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिएको छ ।
प्रदर्शन पुष्पलाल चोक भएर बजारमा प्रदर्शन गर्दै राजा महेन्द्रको शालिक पुनस्र्थापना गरेको स्मारक नजिकै कोणसभामा परिणत भएको छ ।
पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको थियो । उनलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ ।
प्रहरीले लेखकपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि पक्राउ गरेको थियो । उनलाई भने महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
पूर्वगृहमन्त्री लेखकको पक्राउ बारे कांग्रेसले अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन । तर, नेकपा एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा सरकारविरूद्ध संघर्षका कार्यक्रम घोषणा गरिसकेको छ ।
ओली र रमेश लेखकलाई तत्काल रिहा गर्न उनीहरूले माग गरिएको छ । उनीहरूले ओली र लेखकमाथि बालेन शाह नेतृत्वको सरकारले प्रतिशोध साधेको भन्दै तत्काल रिहा गर्न माग गरे भने रिहा नभएमा थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् ।
Comments are closed.