शुक्लाफाँटा-९ का गणेश विष्टद्वारा वडा कार्यालयलाई कुर्सी सहयोग

शुक्लाफाँटा नगरपालिका–९ का स्थानीय गणेश विष्टले वडा कार्यालयलाई कुर्सी सहयोग गरेका छन्।
शुक्रबार उनले वडा कार्यालयलाई ४ वटा प्लाष्टिक कुर्सी सहयोग गरेको वडा अध्यक्ष रमेशबहादुर ऐरले बताए।‘कुर्सी सहयोग गरेकोमा उहाँलाई कार्यालय र मेरो व्यक्तिगततर्फबाट धन्यवाद व्यक्त गर्दछु।,’
उनले भने, ‘समाजमा विभिन्न किसिमका नागरिकहरू बसोबास गर्छन्, समाज, गाउँ, नगर बनाउने पनि हामी, भत्काउने पनि हामी।
गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा वडा कार्यालयमा आगजनी र तोडफोड भएको थिए। आन्दोलनकारीले वडा कार्यालयमा भएका सामाग्री तथा कागजपत्र जलाएका थिए।
सम्बन्धित

Comments are closed.