महेन्द्रनगर । कञ्चनपुरको भाँसीमा रहेको मेधावी सेकेन्डरी स्कुलले संविधान दिवसको उपलक्ष्यमा वतृत्वकला र तिजको उपलक्ष्यमा आयोजना गरेको नृत्य प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ ।

विद्यालयका प्रिन्सिपल महाशर्मा न्यौपानेले संविधान दिवसको उपलक्ष्यमा विद्यार्थीहरुलाई संविधान दिवसको उपलक्ष्यमा संविधान भनेको के हो ? यसको महत्व ? आवस्यक्ता लगायतको विषयमा जानकारी दिने हेतुले वतृत्वकलाको आयोजना गरीएको बताउनु भयो ।

साथै गत महिनामा तिज विषेश कार्यक्रममा नृत्य प्रतियोगिताको आयोजना गरीएको र उक्त प्रतियोगिताको पनि आज नतिजा सार्वजनिक गरएको उहाँले बताउनु भयो ।
उक्त नृत्य प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २ हजार, यसैगरी दितिय हुने टिमलाई नगद १५ सय। तृतिय हुने टिमलाई नगद १ हजार र चौथो हुने टिमलाई नगद ५ सय रुपैँया पुरुस्कार स्वरुप विद्यार्थीहरुको हौसला बढाउन प्रदान गरीएको प्रिन्सिपल न्यौपानेले बताउनु भयो ।
उक्त नृत्य प्रतियोगिताको नतिजा निकाल्ने जजको रुपमा शिक्षक शिवम बस्नेत, धनबहादुर बुढा, र केशव बडु रहनु भएको थियो ।
Comments are closed.