महेन्द्रनगर । कञ्चनपुरमा ठुलो मात्रामा लागुऔषध फेला परेको छ ।
ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा भीमदत्त नगरपालिका १० गड्डाचौकी व्यारेल चेकपोष्टमा शंका लागेर चेकजाँच गर्दा भीमदत्त नगरपालिका १८ जानकी टोलका आशिष नेपाली र अर्जुन दमाईलाई पक्राउ गरेको छ ।
उनिहरुको साथबाट ७२ पिस बुप्रोनोफाईन हाईड्रक्लोराईड र ९० पिस प्रोमथजाईन हाईड्रक्लोराईड गरि जम्मा १६२ पिस एम्पुल लागुऔषध बरामद गरीएको थियो ।
दुवैलाइ नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Comments are closed.