कञ्चनपुर जिल्ला तेक्वान्दो संघको अध्यक्षमा राजेन्द्र केसी चयन 

महेन्द्रनगर । कञ्चनपुर जिल्ला तेक्वान्दो संघको अध्यक्षमा राजेन्द्र केसी चयन हुनु भएको छ । तेस्रो जिल्ला अधिवेशनले केसीलाई अध्यक्षमा चयन गरेको हो ।

यसैगरी उपाध्यक्षमा चक्रप्रशाद मिश्र, कोषाध्यक्षमा बासु घिमिरे,सचिवमा गोविन्द थापा चयन हुनु भएको हो । यस्तै, सदस्य लालबहादुर थापा, निर्मला डगौरा, हरेन्द्र धानुक, कमल चौधरी चयन हुनु भएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथीमा जिल्ला खेलकुद विकास समितिका प्रमुख कुवेर खडका प्रमुख निर्वाचन अधिकृतमा जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख गोपाल दत्त भट्ट विशिष्ट अतिथीमा सुदुरपश्चिम प्रदेश तेक्वान्डो संघका महासचिव पदम विक्रम सिंह रहनु भउको थियो ।

यसैगरी, उदघाटन सत्रको अध्यक्षमा ज्ञानेन्द्र बहादुर सिंह रहनु भएको थियो भने, कार्यक्रम संचालन गोविन्द थापाले गर्नु भएको थियो ।

उक्त कार्यक्रमको स्वागत मन्तव्य ेतेक्वान्डो संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र केसीले गर्नु भएको थियो ।

सम्बन्धित

Comments are closed.