विगत ९ वर्षदेखी आफनो सेवा सुविधाको रकम बाँडदै भीनपा १ का वडा अध्यक्ष कुँवर (भुन्टु)

महेन्द्रनगर । विगत नौ वर्षदेखी कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडा अध्यक्ष आषिफ कुँवर (भुन्टु) ले आफुले पाउने सेवा सुविधाहरु वृद्धवृद्धा, असाहय, अपाङगता भएका व्यक्तीहरुलाइ वितरण गर्दै आईरहनु भएको छ । पहिलो वर्ष २०७४ सालमा वडाको अध्यक्ष भएको बेलामा राज्यले दिने आफुले पाउने सेवा सुविधाहरु राज्यलाई नै फिर्ता गर्नपर्छ भनेर उदघोष गरेका थिए,

तर त्यस्तो नियम कानुन नभएपछि उनले आफुले पाउने सेवा सुविधा वाफतको रकम विगत ९ वर्षदेखी लाखौ रुपैँया वृद्धवृद्धा, असाहय, अपाङगता भएकाहरु लाई वितरण गरीरहनु भएको छ । उनी उक्त वडामा २ कार्यकाल अध्यक्षको रुपमा कार्यरत रहेका छन् । राजनीतिमा लागेको छोटो समयमै वडाध्यक्षमा निर्वाचित कुँवरले विगत ९ वर्षमा आफूले पाउने सबै पारिश्रमिक समाजसेवामा खर्चिदै आएका छन् ।

सोमबार वडाध्यक्ष आसेफ कवँर (भुन्टु) ले यो वर्षको पनि आफ्नो तलब भत्ता वडाका बृद्धबृद्धा र पुर्ण अपांगता भएका हरुलाइ वितरण गरेका छन् ।नेपालीहरुको महान पर्व विजया दशमीको पहिलो दिन घटस्थापनाको अवसर पारेर २ सयबढी बृद्धबृद्धा र पुर्ण अपांगता भएका हरुलाइ एक हजार पाँच सय रुपैँयाका दरले वितरण गरेका हुन् ।

भीमदत्त नगरपालिकाका वर्ष ७८ का कर्णबहादुर विष्टले आज मात्रै होईन हरेक वर्ष वडामा भुन्टु अध्यक्ष भएपछि आफुहरुले यसरी नै दशैको मुखमा रकम पाउने गरेको बताए । यसरी नै गरिब, दुखी, वृद्धवृद्धाको साथमा रहेर सहयोग गरेर काम गर्न उनले वडाध्यक्ष कुँवरलाई आग्रह गरे, उनले आफु लगायत अन्य वृद्धहरुले दशैँको मुखमा पाएको रकमले आफनो लागी र नातीनातनीका लागी केही लुगा फाटो खरिद गर्ने बताए ।

कतिपय वुद्धवृद्धाले आफनो औषधी उपचारमा उक्त रकम खर्च गर्ने बताए । यसैगरी ८५ वर्षकी तुल्सा नाथले यस्तो (भुन्टु जस्तो) वडाध्यक्ष सारा नेपालीले पाउँनु पर्छ सारा देशमा यस्तै वडा अध्यक्ष भयो भने वृद्धवृद्धाले दुख नपाउँने बताईन । प्रत्येक वर्ष चाँडवाडका बेला भत्ता दिन्छन्, दुःख बिमारमा घरसम्मै समेत पुग्छन् ।

यसैगरी नन्दा देवी दमाईले आफनो जेष्ठ सुपुत्र गुमाउँदा काज क्रिाय गर्ने सम्म रकम नपाएपछि वडा अध्यक्ष आषेफ कुँवरले नै सहयोग गरेर छोराको लास घरबाट उठन सकेको बताईन् । अहिले सम्म घरको लागि अन्नपानि सबै सहयोग गरेको बताईन् ।

वडाध्यक्ष कुवँरले आफुले सुरुवात दिनदेखी नै भन्दै आएको कुरा राष्ट्रलाई आवस्यक परेको बेलामा राष्ट्रलाई नै रकम फिर्ता गर्नु पर्छ भन्ने थियो तर त्यीतो व्यवस्था देशमा नभएको भएर आफनो वडामा रहेको वृद्धवृद्धाहरु, अपाङगता भएकाहरुलाई बाँडन सुरु गरेको बताए ।

दुई कार्यकाल अध्यक्षको पदमा रहेको बेलादेखी नौ वर्ष देखी नै आफुले पाउने सेवा सुविधाको रकम सबै वृद्धवृद्धा आमा बुवालाई बडने गरेको बताए । “सबैलाई रकम पुग्दैन आफनो व्यक्तिगत खल्तीबाट पनि हालेर सबैलाइ बराबर पुग्ने गरी दिने गरेको छु” ।

उनले भने , २२ हजार ४ यस ७० रुपैँया आफुले मासिक पाउने गरेको छु तर यता बढी वृद्धवृद्धाहरु रहेका छन सबैलाई पैसा पुग्दैन दिन अनी आफै पनि थपेर दिने गरेको छु । भत्ता रकम पाउँने सबैले हर्ष व्यक्त गर्दै वडाध्यक्ष कुवँरलाई आर्शिवाद दिएका छन् ।

“यो कार्यक्रम निरन्तर रहने छ”, कुँवरले भने, “मैले चर्चामा आउनलाई पारिश्रमिक नलिएको होइन ।” “जनप्रतिनिधि भएर तलव सुविधा पाउँला भनेर निर्वाचनमा होमिएको होइन”, कुँवरले भने, “निःस्वार्थ भावनाले जनताको सेवा गर्नु आफ्नो कर्तव्य ठानेँ।”

उनले सेवासुविधा गाउँमै वितरण गर्नुका साथै सडक, तटवन्ध, स्वास्थ्य सेवा विस्तार, शिक्षा, खानेपानीलगायत क्षेत्रमा पनि काम गरेका छन् ।

सम्बन्धित

Comments are closed.