कञ्चनपुरकी महिला सक्रिय पत्रकार ऐश्वर्या कुँवरलाई सम्मान

महेन्द्रनगर । कञ्चनपुरकी महिला सक्रिय पत्रकार ऐश्वर्या कुँवरलाई सम्मान गरिएको छ । सुदूरपश्चिम प्रदेश सितोरियो कराँते संघले पत्रकार कुँवरलाई सम्मान गरेको हो ।

मंगलबारदेखि महेन्द्रनगरमा भएको सुदूरपश्चिम प्रदेशस्तरिय खुला कराँते प्रतियोगिता उद्घाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सितोरियो कराँते संघका केन्द्रीय अध्यक्ष दावा गुरुङ्कले पत्रकार कुँवरलाई प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

पत्रकार कुँवरलाई खेलकुद क्षेत्रका विषय उठान गरेर खेलाडी र खेलकुदको बृद्धि विकासमा योगदान पु¥याएको भन्दै सम्मान गरेकोे जनाएको छ ।

झण्डै ६ बर्षदेखि पत्रकारिता गर्दै आएकी कुँवर आभास डटकमकी संचालिका, नेपाल पत्रकार महासंघ जिल्ला सदस्य एव काँग्रेस निकट पत्रकार प्रेस यूनियन कञ्चनपुरकी नेता समेत रहेकी पत्रकार कुँवरले समसामयिक घटनाक्रम उठान गर्दै आएकी छिन ।

उनले सम्मानबाट थप समाजिक जिम्मेबारी पाएको बताएकी छिन । उनलाई सम्मानसंगै सहकर्मीबाट बधाईको ओईरो छ ।

सम्बन्धित

Comments are closed.