महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्व लक्षित सुरक्षा योजना लागु गरेसंगै सिमा नाका र बस पार्क क्षेत्रमा तालिम प्राप्त कुकुर परिचालन गरि चेक जाँच शुरू गरेको छ ।
शुक्रबार देखि कञ्चनपुर जिल्लाको पश्चिमी सिमा नाका गड्डाचौकि, र महेन्द्रनगर बसपार्क क्षेत्रमा प्रहरीको तालिम प्राप्त लैला र शेरा नामक कुकुर परिचालन गरि चेक जाँच कार्य शुरू गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता सागर बोहराका अनुसार सिमा नाका र बस पार्क क्षेत्रमा लागू औषध र विष्फोटक पदार्थ पत्ता लगाउन सक्ने तालिम प्राप्त २ वटा लैला र शेरा नामक कुकुर परिचालन गरेर कडाईका साथ चेकजाँच कार्य गरि रहेको बताउनु भयो ।
उनले भने “लैला नामक कुकुरले लागू औषध पत्ता लागाउने गर्दछ भने शेरा नामक कुकुरले विष्फोटक पदार्थ पत्ता लगाउने गर्दछन ।”
भारत संग सिमा जोडिएको जिल्ला भएकाले सुरक्षा शर्तकता अपनाएर विशेष योजनाका साथ कार्य गरिरहेको कञ्चनपुर प्रहरी प्रबक्ता प्रहरी नायव उपरिक्षक बोहराले बताउनु भयो ।जिल्लाभर सात सय ५४ सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
“जनशक्ति थप गरेर सुरक्षा जाँचमा कडाइ गरिएको छ,” प्रहरी नायव उपरीक्षक बोहराले भने, “चाडबाडमा शान्ति, सुरक्षा कायम गर्न योजनाबद्ध तयारी गरेका छौँ ।” भारतसँग सीमा जोडिएको गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प९ शाखाबाट तालिम प्राप्त कुकुर मगाएर सुरक्षा जाँच भइरहेको प्रहरी नायव उपरिक्षक बोहराले बताए । “खुला नाका भएकाले लागु औषध लगायत विष्फोटक पदार्थ भित्रीन सक्ने हुँदा तालिम प्राप्त कुकुर परिचालन गरी सुरक्षा जाँच थालिएको हो,” उनले भने ।
भारतबाट आएका यात्रुका लागि गड्डाचौकी नाकामा नागरिक सहायता कक्ष राखिएको छ । जिल्लाका १२ वटा स्थान महेन्द्रनगर महेन्द्रनगर बसपार्क, झलारी, गुलरिया, बेलौरी, पुनर्वास, ब्रहमदेव, डोकेबार, कृष्णपुर, कलुवापुर, बेलडाँडी र दोधारा चाँदनी लगायतका स्थानमा यात्रु सहायता कक्षबाट समस्यामा परेका यात्रुलाई सहयोग गर्ने गरी काम गरिरहेको प्रहरी नायव उपरिक्षक बोहराले बताउनु भयो।
Comments are closed.