महेन्द्रनगर । दशैं नजिकिँदै गर्दा कञ्चनपुरमा डडेल्धुरादेखी खसी बोका लिएर व्यापारीहरु तराई झरेका छन्। उनिहरुले तिन दिन पैदल हिँडेर आफनो खसी बोकाहरु महेन्द्रनगर बजारमा ल्याएका छन् । दसैँ–तिहारलगायत वर्ष भरीको खर्च जुटाउन डडेल्धुराको भित्री मधेसका किसान प्रत्येक वर्ष खसी बोका बेच्न तराई झर्ने गर्दछन् ।
पर्शुराम नगरपालिका–८ स्थित जमरानी, कुरेनी, गत्तेगडा, सानखोलाका किसान खसी बोका बेच्न दुई दिनको बाटो हिँडेर महेन्द्रनगर पुगेका छन् । डडेल्धुराको परशुराम नगरपालिका ८ करेनीका देवबहादुर धामी वर्षले ७० पुगेको छ, तर पनि विगत २० वर्षदेखी यही खसी बोका विक्री गर्ने व्यापारमा लागेका छन् ।
यो वर्ष विगतको भन्दा व्यापार खासै नभएको उनले बताए । गत वर्ष यो समयमा डडेल्धुराबाट आउँदा आधाजती बाटोमा नै बेच्दै आईन्थ्यो तर यो बेलामा खसी बोका खासे विक्री नभएको उनको भनाई रहेको छ ।
आफ्नै गाउँमा पालिएका खसीबोकालाई बजारमा ल्याएर बिक्री गर्दै दशैं खर्च जुटाउने अवसर रहेको भएपनि बजारमा खासै व्यापार नभएपछि कृषकहरु निराश भएका छन् ।
“गाँउमा रहेका कृषकहरुले पालेका खसी बोका हामीले किनेर ल्याउछौ कतिपयको उधारो हुन्छ, बाटोमा खान बस्न सबै लगाएर खर्च पनि नउठने हाकी भन्ने चिन्ता रहेको छ” उनले भने, “भारतबाट आयात हुने खसी बोकाका कारण आफनो व्यापारमा पनि समस्या भएको छ, भारतबाट सहजै आउने हुनाले त्यस्ता खसी बोकाले बजार बिगारेको छ, धामीले भने,
अहिले ८० वटा खसीबोका ल्याएर जिन्दा तौल गरेर ५ सयदेखी ६ सय समम बेचदा पनि भाउ नपाएर चिन्तित हुनु पर्ने अवस्था भएको अर्का किसान जयबहादुर बोहराले बताए । यता आयो भने व्यवस्था पनि छैन, बस्नका लागि पनि समस्या छ, व्यापार व्यवसाय हुँदैन अनेक बहानमा नगरपालिकाले रकम लिन्छ, बाटोभरमा पनि पैसा उठाउने देखिए
कतिपय संग विवाद पनि भयो, उनले भने, एकातर्फ व्यापार छैन अर्काे तर्फ नगरपालिकाले त्यतिकै रकम लिने गरेको दुखेसो गरे, धेरैजसो कृषकहरु खसि बोका लाई राजमार्ग किनार ,बसपार्कक्षेत्र तथा नगरपालिका अगाडि को क्षेत्रमा ल्याई विक्रवितरण गर्ने गर्दछन ।
यसरी दशै–तिहारका बेला खसि वोकाको कारोवार रामै्र हुने भएपनी निश्चित विक्रि केन्द्रको अभाव, निश्चित मुल्य निर्धारण तथा भारत वाट अवैध रुपमा आउने खसि वोका नियन्त्रण नहुदा याहाका स्थानिय कृषक मारमा पर्दै आएका ब्यापारीहरु ले गुनासो गरेका छन ।
कृषकहरुले खसि वोकाहरुलाई सदरमुकाम मात्रै नभई गाउ घर तिर समेत डुलाउने गर्दछन । उनीहरु ज्हा राती परयो त्यहि वास बस्ने गर्दछन ।
सरोकार वाला निकायले खसि वोका व्यापारीहरुका लागी कतै निश्चित स्थान नतोक्दा सडकमै वास विताउन बाध्य हुने गर्दछन ।
Comments are closed.