वेदकोट ५ मा आँखा शिविरबाट १ सय ३८ जनाले पाए सेवा

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका ५ धरमपुरमा आँखा शिविरको आयोजना गरिएको छ । लायन्स क्लब अफ महाकाली महेन्द्रनगर र नेपाल नेत्र ज्योति सङ्घ कन्चनपुरको आर्थिक तथा प्राबिधिक सहयोगमा उक्त आँखा शिविरको आयोजना भएको हो ।

उक्त शिविरबाट १ सय ३८ जना आँखाका विरामीहरुले सेवा पाएका छन् । शिबिरमा आँखाको नजर जाँच,चस्मा जाँच, मोतियाबिन्दु जाँच, आखामा मासु बढेको जाच गरि निशुल्क औसधि बितरण गरिएको कार्यक्रमका सभाध्यक्ष एवम वार्ड अध्यक्ष तथा नगर प्रवक्ता चित्रदेव भट्टले जानकारी दिनुभयो ।

आफनो वार्ड भौगोलिक विकटता रहेको र यहाँ विपन्न,गरिब, दलितहरुको वस्ती पनि रहेको यो क्षेत्रमा शिबिरको आयोजना गरिदिएकोमा अध्यक्ष भट्टले आयोजक टीम लाइ धन्यबाद व्यक्त गर्नुभयो ।

यो शिविरबाट आँखा अनुसारको चस्मा रु १०० मा बितरण गरिएको र मोतिबिन्द भएका विरामीहरुलाई तिहार पछि महेन्द्रनगरमा निशुल्क शल्यक्रिया गरिने नेत्र अधिकृत बिर सिङ्ह धामिले बताउनु भयो ।

यो शिविरबाट २१ जना मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने विरामीहरु पत्ता लागेको जानकारी गराउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि डा नेत्र राज चटौत ,बिशिष्ट अतिथि डा भोजराज पन्त ,नेत्र अधिकृत बिर सिङ्ह धामि एबम लायन्स क्लबका लायन्स र लियो ,क्लबका पदाधिकारिहरुको उपस्थिति रहेको थियो ।

आँखा शिविर सरस्वति मा बि धरमपुरमा आयोजना भएको थियो भने, विद्यालयका प्रधानाध्यापक नरेन्द्र प्रशाद भट्ट ,शिक्षक टेक बहादुर आले एबम स्थानिय युवा, जनप्रतिनिधिहरुले ब्यबस्थापनमा सहयोग गरेका थिए ।

सम्बन्धित

Comments are closed.