एक साताभित्रै १८ जना कोरोनाको संक्रमणबाट मुक्त

११ महिने शिशु सहित १८ जना कोरोनाको संक्रमणबाट मुक्त

एक साताभित्रै १८ जना कोरोनाको संक्रमणबाट मुक्त
महेन्द्रनगर, ३ असार
एक साताभित्रै कञ्चनपुरको महाकाली अस्पतालबाट ११ महिने शिशु सहित १८ जना कोरोनाको संक्रमणबाट मुक्त भई घर फिर्ता भएका छन् । शुरुमा ४ जना, त्यसपछि शुक्लाफाँट नगरपालिका ११ कलुवापुरका ११ महिने शिशु शुशांक सुनार, दुई काठमाण्डौँका नागरिक सहित १८जना डिस्चार्ज भएका हुन् । बुधबार कोरोना जितेर कञ्चनपुरको महाकाली अस्पतालबाट एक साथ १३ जना डिस्चार्ज भएका छन् । बुधबार कैलालीका ७ र कञ्चनपुरका ६ जना एकसाथ डिस्चार्ज भएका हुन् । कोभिड १९ को केश आईसोलेशन व्यवस्थापन सम्बन्धी निदेशिकाको बुदा नम्बर २.३(क) अनुसार आईसोलेशन कक्षमा १४ दिन पुरा गरेको स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्र रामशाहपथको पत्राचार अनुसार एक साता होम क्वारेन्टाईनमा बस्ने गरि १३ जनालाई डिस्चार्ज गरिएको उल्लेख महाकाली अस्पतालले जनाएको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण्दत्त जोशी(बोक्सर)ले एकसाथ १३ जना निको भएर विदाई गरिएको बताउनु भयो । यस अघि अस्पतालबाट ११ महिने शिशु सहित पाँच जना डिस्जार्च भएका थिए ।

सम्बन्धित

Comments are closed.