दैजी जोगबुढा सडकखण्डमा जिप दुर्घटना एक वालिकाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा जिप दुर्घटना हुँदा एक वालिकाको मृत्यु भएको छ । दैजी जोगबुढा सडकखण्डको सिउडीबाग मोडमा जिप दुर्घटना हुँदा २ वर्षिया वालिकाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

से१ ज ४१७ नम्वरको जिप उकालोमा तान्न नसक्दा सडकबाट करिब अन्दाजी १ सय मिटर तल खसेको छ ।

जिपमा सवार अन्य ७ जना घाईते भएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

सम्बन्धित

Comments are closed.