महेन्द्रनगर । कञ्चनपुरमा भारतिय नक्कली ५ सयको नोट फेला परेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका(१० झलारी बजारमा भारतीय नक्कली रुपैयाँ फेला परेको हो।
बिहीबार झलारीस्थित भद्रकाली फोटो स्टुडियोमा एक बालिकाले ल्याएको ५ सयको भारतीय नोट नक्कली भएको खुलेको हो।
झलारी बजारमा नक्कली नोट भेटिएकाले नोट लिँदा र दिदा ध्यान दिनुपर्ने स्थानीय जेनल विष्टले बताए। उनले आज विहिवार झलारी बजारमा ५ सयको भारतीय नक्कली नोट फेला परेको बताए ।
उनले भारतिय ५ सयको नोटको कारोबार गर्दा वा नोट लिँदा वाटरमार्क र सिक्योरिटी थ्रेड अवश्य जाँच गर्न आग्रह गरेका छन् ।
Comments are closed.