वेदकोटमा स्थानिय तह स्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समिक्षा कार्यक्रमको आयोजना

महेन्द्रनगर । कञ्चनपुरमा रहेको वेदकोट नगरपालिकाले स्थानिय तह स्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समिक्षा कार्यक्रमको आयोजना गरेको छ । आफनो पालिकाले स्वास्थ्यको क्षेत्रमा प्रदान गरीरहेको सेवा सुविधा, चुनौती, सुधार गर्नुपर्ने विषयमा छलफल भएको छ ।

२ दिन सम्म चल्ने उक्त वार्षिक समिक्षा कार्यक्रमको सभाध्यक्षमा वेदकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरीदत्त भट्ट रहनु भएको थियो । भने, प्रमुख अतिथीमा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा रहनु भएको थियो ।

यसैगरी, विशिष्ट अतिथीमा वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशी रहनु भएको थियो । उक्त कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, स्वास्थ्य केन्द्रका प्रतिनिधीहरुलगायतको उपश्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बोहराले जनताहरुको अति आवस्यक क्षेत्र भित्र पर्ने स्वास्थ्य सेवालाई अझै चुस्तदुरुस्त पार्नका लागि आफुहरु लागि परेको बताउनु भयो ।

साथै विभिन्न निजी अस्पतालहरुले पालिकासंगको सहकार्यमा रहेर काम गर्ने प्रस्ताव गरेको भएर उक्त सम्झौता अनुरुप काम गर्न निर्देशन दिनु भयो ।

आफुहरुले निजी स्वास्थ्य क्षेत्रहरु संग समन्वय गरेर विभिन्न स्वास्थ्य शिविरको आयोजना गर्ने योजना अनुरुप सेवा दिन सके सबै जनताहरुले सजिलै आफनो उपचार गर्न पाउने बताउनु भयो ।

साथै यो स्वास्थ्य शिविरको आयोजना यथासिघ्र संचालन गरी आम जनताहरुलाइ विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने र आवस्यक्ता अनुसार कुन वडामा कुन सेवा दिने भन्ने विचार गरेर काम गर्न निर्देशन दिनु भयो ।

वेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिषा पालले वेदकोट नगरपालिकामा स्वास्थ्य क्षेत्रमा आर्थिक वर्ष २०७९÷८०÷८१÷८२ मा भए गरेका स्वास्थ्य क्रियाकलापहरु म भएको प्रगतीको तुलनात्मक विश्लेषण गर्न यो २ दिने कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।

साथै, उहाँले आगामी आर्थिक वर्षमा स्वास्थ्य सेवाको क्षेत्रमा समर्ग विकासका लागि के कस्ता कार्ययोजनाहरु तयार गराउन सकिन्छ, समस्या र चुनौतीहरुको कसरी निदान गर्न सकिन्छ भनेर जानकारी दिन र सुधार गर्ने कार्यहरुलाइ सुधार गर्ने विषयमा छलफल हुने र कार्य योजना निर्माण गर्ने बताउनु भयो ।

सम्बन्धित

Comments are closed.