कोभिड–१९ नियन्त्रण गर्न सरकार प्रतिबद्ध ः मुख्यमन्त्री भट्ट

कोभिड–१९ नियन्त्रण गर्न सरकार प्रतिबद्ध ः मुख्यमन्त्री भट्ट
धनगढी, ३ असार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकार कोभिड–१९ नियन्त्रण गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ । सरकारले प्रभावकारी ढंगबाट रोग नियन्त्रणको काम गर्न नसकेको भन्दै सुदूरपश्चिम प्रदेश प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले यस्तो बताउनु भएको हो ।
कोरोना महामारीले सम्पुर्ण विश्वलाई नै सन्त्रासमा पारेका बेला नेपालजस्तो अल्पविकसित मुलुकको साधनस्रोतले भ्याएसम्म सरकार लागिपरेको भन्दै मुख्यमन्त्री भट्टले संकटका बेला पक्ष विपक्ष भन्दा पनि सबैले आ–आफ्नो जिम्मेवारी बोध गरी मानवता बिरुद्धको भाइरस नियन्त्रणमा लाग्नुपर्ने बताउनु भयो । संकटकालिन अवस्थामा खोजेका आवश्यक सामाग्री पनि नपाइएको उल्लेख गर्दै उहाले पूर्व तयारीले गर्दा नै बाहिरी मुलुक भन्दा नेपालमा कम क्षति भएको दावी गर्नु भयो । सुदूरपश्चिम प्रदेश कोभिड–१९को उच्च जोखिम भएकोले सरकार तदारुपताकासाथ काममा अगाडी बढिरहेको भन्दै उहाले प्रदेश सरकारले थप पिसिआर मेसिन खरिद प्रकृया अगाडी बढाएको, क्वारेन्टाईन पनि व्यबस्थित बनाउन प्रतिबद्ध रहेको बताउनु भयो । कोभिड–१९ नियन्त्रण र रोकथाममा सरकार असफल भएको निष्कर्ष निकाल्दै काँग्रेसले सरकारलाई खबरदारी गर्ने केन्द्रीय कार्यक्रमअनुसार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिचलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका हो ।
कोरोना नियन्त्रण गर्न सरकार असफल भएको बताउदै नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता रावललेसरकार विगतका गल्ती सच्याएर अघि बढ्नुपर्ने बताउनु भयो । मुलुक रोग र भोकबाट फसिरहेका बेला पनि स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको ठहर काँग्रेसको छ । आरडिटी बन्द गरी आवश्यक स्वास्थ्य सामग्री र दक्ष जनशक्तिको उचित व्यवस्थापन गर्दै पिसिआर परीक्षणलाई व्यापक रूपमा विस्तार गर्न र क्वारेन्टाइन सुरक्षित तथा मापदण्ड अनुकूलको व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरेको छ ।

सम्बन्धित

Comments are closed.