अब हुने छैन बयालपाटा अस्पतालमा निःशुल्क उपचार सेवा

महेन्द्रनगर । प्रदेश सरकारले सञ्चालनको जिम्मेवारी लिइसकेपछि पनि विशेषज्ञ सेवासहितको बयालपाटा अस्पतालले सेवा प्रवाह गर्न सकिरहेको छैन । आवश्यक जनशक्तिको अभावका कारण अस्पतालले सेवा दिन नसकेको हो ।

सरकारी मातहतबाट अस्पताल सञ्चालन भएपछि अब निःशुल्क उपचार नहुने भएको छ । लामो समयदेखि आर्थिक संकट बेहोरेर सेवा प्रभावित भइरहेको बयालपाटा अस्पताल भदौ १ देखि सुदूरपश्चिम प्रदेश सरकारले बयालपाटा प्रादेशिक अस्पताल नामकरण गरेर सञ्चालन गरिरहेको छ ।

न्याय हेल्थ नेपाल नामक एक गैरसरकारी संस्थाले र अमेरिकामा रहेको पोसिबल नामक अन्तर्राष्ट्रिय गैर सरकारी संस्था तथा अन्य दातृ निकायहरूको सहयोगमा करिब १७ वर्षसम्म बयालपाटा अस्पतालले निःशुल्क विशेषज्ञ सेवा प्रदान गरेको थियो ।

अब बयालपाटा अस्पतालमा निःशुल्क उपचार नहुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगदीश जोशीले बताए । उनका अनुसार अस्पताल व्यवस्थापन समितिले ओपीडीमा नाम दर्ता गर्दा २० रुपैयाँ र इमरजेन्सीमा नाम दर्ता गर्दा ३० रुपैयाँ लिने निर्णय गरिसकेको छ ।

सम्बन्धित

Comments are closed.