भीमदत्तमा मनाइयो विश्व मानसिक स्वास्थ्य दिवस

महेन्द्रनगर । आज विश्व मानसिक स्वास्थ्य दिवस कञ्चनपुरमा एक कार्यक्रमको आयोजना गर्दै मनाइएको छ । भीमदत्त नगरपालिकाको आयोजनामा र सिएमसी नेपालको सहकार्यमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको हो ।  सेवामा पहुँच विपद र आपतकालिन अवस्थाहरुमा मानसिक स्वास्थ्य भन्ने मुल नाराको साथमा शुक्रवार उक्त कार्यक्रमको आयोजना गरीएको छ ।

कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले पछिल्लो समयमा भएको जेनजी आन्दोलनले गर्दा कर्मचारीहरु जनप्रतिनीधीहरुलाई पनि विभिन्न समस्या भएको देखिएकाले यस्तो अभिमुखिकरण कार्यक्रम प्रभावकारी हुने बताउनु भयो ।

उक्त कार्यक्रमको सहजीकरण सिएमसी नेपालका प्रदेश संयोजक साइकोलोजिस्ट दिवाकर जोशीले गर्नु भएको थियो ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका १९ वडाका अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत, शाखा प्रमुख हरुलगायतको उपश्थिती रहेको थियो ।

सम्बन्धित

Comments are closed.