महेन्द्रनगर । नव आशा कञ्चनपुरको अध्यक्षमा सिद्धराज जोशी चयन हुनु भएको छ । शुक्रवार १८ औँ साधारण सभाबाट ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
यसैगरी, उपाध्यक्ष तारा दत्त जोशी, सचिव लोकेन्द्र सिंह धामी, कोषाध्यक्ष माया चन्द चयन भएका छन् । सदस्यमा मानदेव नाथ, पार्वती बिक, डम्बरी ठकुला, प्रेमबहादुर टमाटा, सरिता नेगी चयन भएका छन् । सल्लाहकार समितिमा तिन जना रहेका छन् ।
सल्लाहकार समितिको संयोजकमा देवराज बडु, सदस्य नवराज पाण्डे, तिलकराज भट्ट रहेका छन् ।
यो संस्थाले विगत १८ वर्षदेखि कञ्चनपुरमा एचआइभीको क्षेत्रमा ससक्रयता पूर्वक काम गर्दै आईरहेको छ ।
अहिले संस्थाले एचआईभी संक्रमितहरुका लागि खान बस्न केयर होमको व्यवस्था गरेको छ ।
Comments are closed.