सुदूरपश्चिममा ३२ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा ३२ जनामा कोरोना पुष्टि
धनगढी, ३ असार
सुदूरपश्चिममा बुधवार ३२ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा ३१ र काठमाडौँमा भएको परीक्षणमा एक गरी थप ३२ जनामा कोरोना पुष्टि भएको हो । कैलालीका २१, डोटीका पाँच, कञ्चनपुर, बझाङ र अछामका दुईरदुई जनामा कोरोना पुष्टि भएको हो ।
कैलालीमा थप भएका २१ जना मध्ये १८ जना गौरीगंगा नगरपालिकामा रहेको पशुपती क्वारेन्टाइनमा रहेका छन् भने दुई जना मोहन्या विश्व माविको क्वारेन्टिनमा छन् । डोटीका ५ जना संक्रमित भने दिपायल सिलगढी नगरपालिका हुन् । अछाममा कोरोना पुष्टी भएका मेल्लेख गाउँपालिका वडा नम्वर ४ र ७ का २२ र २४ बर्षीय युवक रहेका छन् । बझाङको थलारा गाउपालिकाको वडा नम्बर ३ का १० बर्षीय किशोरी र खप्तडछान्ना गाउपालिकाको वडा नम्बर ३ का ७० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ र ९ का दुई जनामा कोरोना पुष्टि भएको हो । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन सय ७९ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक सय २४ जना, कञ्चनपुरमा ७५, डडेल्धुरामा ३९, डोटीका ४२, बैतडीमा २७, अछामका २२, बाजुराका २१, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ ।

सम्बन्धित

Comments are closed.