मेधावी सेकेन्डरी स्कुलका विद्यार्थीहरूको फिल्ड भिजिट सम्पन्न

महेन्द्नगर । कञ्चनपुरको भाँसीमा रहेको मेधावी सेकेन्डरी स्कुलले आफना विधार्थीहरुलाई फिल्ड भिजिट गराएको छ । कक्षा ८ र ९ मा अध्ययनरत विधार्थीहरुलाई कैलालीको गोदावरी नगरपालिकामा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रमा फिल्ड भिजिट सम्पन्न गरेको हो ।

सामाजिक र विज्ञान पढने विधार्थीहरुलाई फोहर व्यवस्थापन कसरी गर्न सकिन्छ, ? कसरी मल बनाउन सकिन्छ ? र फोहर बाट कसरी मोहर बनाउन सकिन्छ ? भन्ने जानकारी दिन फिल्ड भिजिटमा लगेको विद्यालयका विज्ञान शिक्षक शिवम बस्नेतले बताउनु भयो । फिल्ड भिजिटको उद्देश्य विद्यार्थीहरूलाई फोहोर व्यवस्थापन, पुनः प्रयोग तथा पर्यावरण संरक्षणका व्यवहारिक पक्षहरूबारे प्रत्यक्ष अवलोकन गराउनु रहेको सामाजिक शिक्षक धनबहादुर बुढाले जानकारी दिनुभयो।

विद्यार्थीहरूले उक्त केन्द्रमा फोहोर संकलन, छटाई र पुनःप्रयोग प्रक्रियाको अवलोकन गर्दै व्यवहारिक शिक्षा प्राप्त गरेका थिए। विद्यालयका प्रिन्सिपल महाशर्मा न्यौपानेले यस्तो कार्यक्रमले विद्यार्थीहरूमा पर्यावरणप्रति जिम्मेवारी र व्यावहारिक ज्ञान वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।

कक्षा ९ का विद्यार्थी अंकित महराले फोहोर व्यवस्थापनको धेरै कुरा सिकेको र यो भ्रमणले पढाईलाई व्यवहारमा बुझ्न सजिलो बनाएको बताउनु भयो । साथै उहाँले घरदेखी नै हामीले कुहिने र नकुहिने फोहरहरु छुट्याएर राख्नु पर्ने जस्ले गर्दा व्यवस्थापनमा पनि सजिलो हुने बताउनु भयो | साथै उक्त भ्रमण मा शिक्षिकाहरु नानुमाया शाहि, विन्दु एडि र हेमा रावत सहयोगी को रुपमा रहनु भएको थियो |

सम्बन्धित

Comments are closed.