प्रकोप जोखिम न्यूनीकरण दिवसको अवसरमा जनचेतनामूलक सडक नाटक सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा जनचेतना मुलक ससडक नाटक प्रदर्शन गरीएको छ । अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण दिवसको अवसरमा जनचेतनामूलक सडक नाटक तथा विविध साङ्गीतिक कार्यक्रम सम्पन्न गरीएको हो । उत्थानशील युवा सञ्जालको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ ( एनएनएसडब्लुए ) एवं डिसिए नेपालको सहकार्यमा महेन्द्रनगर बजारमा रहेको भेटघाट चौतारामा उक्त सडक नाटकको प्रदर्शनी गरीएको हो ।

उक्त सडक नाटकमा कसरी प्रकोप बाट जोगिन सकिन्छ ? कसरी सचेत रहने ? मानवीय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायु परिवर्तन आदिले प्राकृतिक प्रकोपको जोखिम लगायतको विषयमा जनचेतना मुलक सडक नाटकको आयोजना गरीएको नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) का परियोजना संयोजक राजकुमार सुनारले बताउनु भयो ।

विपद पूव तैयारीमामा लगानी गरेको खण्डमा क्षतीमा कमी आउने भएकाले जिल्लामा विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।यस्ता किसिमका जनचेतना मुलक कार्यक्रमहरुले भोलीका दिनमा पालिका र विभिन्न क्षेत्रले विपद पूर्वमा लगान िगरेको खण्डमा क्षतीमा कमी हुने विश्वासको साथमा काम गरीरहेको बताउनु भयो ।     

कञ्चनपुर आफैमा तराई र पहाड संग जोडिएको जिल्ला भएर प्रकोप र विपदको जोखिममा रहेको भएर स्थानिय तहले पनि विपद र प्रकोपबाट बच्न पुर्व तयारी गर्न आवस्यक रहेको बताउनु भयो ।

विगतका दिनमा पनि धेरै क्षेत्रमा बाढी, डुवानमा परेको अवस्था रहेको भएर क्षतीलाई कम गर्नका लागी जनचेतना मुलक कार्यक्रम संगै सबैले सचेत भएर यसमा लगानी गरी काम गर्न आग्रह गर्नु भयो ।

समय–समयमा आउने भूकम्प होस् वा भिषण बाढी पहिरो, भौगोलिक रुपमा विविधता संगै जटिल नेपाल सदैव प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको परियोजना संयोजक सुनारले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.