महेन्द्रनगर । आज आईतवार कञ्चनपुरमा सामान्यतया मौसम सफा रहने छ । आज कञ्चनपुरमा बिहान देखि घाम लाग्न शुरु भएको छ भने, सुदुरपश्चिमको पहाडी जिल्लामा आंशिक बदलि रहेको जल तथा मौसम विभागले जनाएको छ ।
आज दिउँसो र राती पनि भने मौसम सफा रहने मौसमका जानकारहरुको भनाई छ । बादल लागेर गड्याङ गुडुङ भई चट्याङ पर्ने जस्तो भए घर भित्र सुरक्षित बस्न मौसमविद्ले सुझाव दिएका छन् ।
खेत, चौर, खोला, पोखरी, धारा जस्ता ठाउमा चट्याङ परेको बेला जान नहुने मौसमका जानकारहरुको भनाई छ । मौसम सम्बन्धी थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट डि एच एम डट जि ओ भी डट एनपी फेसबुक एम एफ डी डट नेपाल डट पाँच, ट्विटर डी एच एम अण्डर स्कोर वेदरमा गएर जानकारी लिन सकिन्छ ।
साथै फोन बाट पनि जानकारी लिनका लागि ११५५, वा ०१४११३३४५ र ०१४११३१९१ मा फोन गरेर पनि मौसम बारेको जानकारी लिन सकिन्छ ।
Comments are closed.