महेन्द्रनगर । भीमदत्त नगरपालिकामा रहेको उत्थानशिल युवा संजालले प्लाष्टिकका फूलगुच्छा तथा मालालाई प्रतिबन्ध गर्न ज्ञापन पत्र बुझाएको छ । आईतवार भीमदत्त नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ५ बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।

(महेन्द्रनगर बजारमा बेच्नका लागी राखिएका प्लाष्टिकका मालाहरु)
गत वर्ष जिल्ला प्रशासन कार्यालय, भीमदत्त नगरपालिकाले कडा कदम चाले पनि यो वर्षमा भने, कुनै पनि सुचना निकालेको छैन । गत वर्ष प्लाष्टिकजन्य फूलगुच्छा तथा माला र ४० माइक्रोनभन्दा कम तौलका प्लाष्टिक झोला प्रयोग तथा बिक्री वितरणमा प्रशासनले रोक लगाएको थियो ।
संजालका अध्यक्ष उत्तम सुनारले बजारमा छयापछयाप्ती प्लाष्टिकका माला, फुलहरु विक्री वितरण भईरहेको भएर प्रतिबन्धका लागि ज्ञापनपत्र बुझाएको बताउनु भयो ।
तिहार मौलिक सांस्कृतिक पर्व हो, पछिल्ला वर्षहरूमा यस पर्वको अवसरमा भारत लगायत अन्य मुलुकबाट प्लास्टिकका कृत्रिम फुलमालाहरूको अत्यधिक आयात भई बजारमा विक्री वितरण भइरहेको भएर रोकथामका लागि युवाहरु जागरुक भएको बताउनु भयो ।
“एकातिर स्थानीय कृषक, महिला समूह र फुलखेती व्यवसायीहरूको आम्दानीमा असर पुरÞ्याइरहेको छ भने अर्कोतर्फ प्लास्टिकजन्य फोहरले वातावरणीय प्रदूषण र जलनिकास प्रणालीमा अवरोध सिर्जना गरिरहेको छ”। उहाँले भन्नुभयो, “त्यसैगरी, तिहारको अवसरमा प्रयोग हुने विस्फोटक पदार्थ पटाकाले बालबालिका तथा सर्वसाधारणमा शारीरिक चोटपटक, आगलागी र ध्वनि प्रदूषण समेत निम्त्याउने गरेको भएर त्यसको पनि पूर्णरुपमा प्रतिबन्ध होस ” ।
तिहारको अवधिमा प्लास्टिकका फुलमालाहरूको आयात, विक्री र वितरणमा निगरानी तथा कडाइका साथ नियन्त्रण गर्न आवश्यक निर्देशन जारी गरिनु पर्ने उनिहरुको माग रहेको छ ।
यसैगरी, स्थानीय प्राकृतिक फुलमालाहरू (सयपत्री, गोदावरी आदि) को बिक्री वितरणलाई सहज बनाउन बजार व्यवस्थापनमा सहयोग पुन्याइजेस् र स्थानीय उत्पादकहरूलाई प्रोत्साहन, विस्फोटक पटाका, झिल्ली आदि सामानहरूको आयात, विक्री र प्रयोग पूर्ण रूपमा निषेध गर्नका लागि सुरक्षात्मक निरीक्षण तथा कारबाही कडाइका साथ कार्यान्वयन गरीनु पर्ने माग रहेको छ ।
नागरिकस्तरमा सुरक्षित र वातावरणमैत्री तिहार मनाउने जनचेतनामूलक सन्देश प्रसारण गर्न सम्बन्धित निकायहरूसँग सहकार्य, चाडपर्वको समयमा हुन सक्ने कालोबजारी र अखाद्य बस्तुहरुको आयात एवं बिक्रीवितरणलाई कडाइका साथ अनुगमन एवं कारवाही प्रक्रीया अघि बढाइनु पर्ने माग रहेको अध्यक्ष्ँ सुनारले जानकारी दिनु भयो ।
सरकारले २०७९ साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गरेर नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न रोक लगाएको छ । यता जिल्ला प्रशासन कार्यालयका र भीमदत्त नगरपालिकाले यो विषयमा वैठक बसी आवस्यक निर्णय गरेर अघी बढने जनाएको छ ।
Comments are closed.