महेन्द्रनगर । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरले यो तिहारमा सजगता र सुरक्षा अपनाएर विजुली बत्तीको प्रयोग गर्न आग्रह गरेको छ । अहिले यो समयमा सबैले आआफना घरमा दियो, मैनबत्ती र झिलीमिली बत्तीको अत्यधिक प्रयोग गर्ने भएकाले सुरक्षा र सजगता अपनाएर प्रयोग गर्न आग्रह गरीएको हो ।
दिपावली तथा छठ पर्वको अवसरमा आवश्यक सतर्कता अपनाउने सम्बन्धमा सुचना पनि प्रकाशन गरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरका कार्यालय प्रमुख चुटन कुमार श्रीवास्तवले बताउनु भयो ।
उहाँले बिभिन्न चाडपर्वको अवसरमा आ–आफ्नो घर÷कार्यालयलाई आकर्षक तथा झकिझकाउ बनाउन बिभिन्न किसिमका सजावटयुक्त बत्तिहरुको प्रयोग गर्दा सावधानी नअपनाईएको कारण विद्युतीय दुर्घटना हुन गइ जनधनको क्षती हुन सक्ने बताउनु भयो ।
दिपावली तथा छठ पर्व हर्षोल्लासका साथ मनाउने क्रममा त्यस्तो सम्भावित विद्युतीय दुर्घटना हुन नदिन सावधानी अपनाई काम गर्न आग्रह गर्नु भयो ।
साथै उहाँले झिलिमिली बत्ति जडान गर्दा विद्युतको पोल, टावर, स्टे, तार जस्ता विद्युतीय संरचनालाई नछुने गरी सावधानीपूर्वक जडान गर्ने, सडक बत्तिको लाईन संरचनामा सोझै हुकिङ्ग गरी झिलिमिली बत्ति जडान नगर्ने साथै सोझै हुकिङ्ग गरी बत्ति जडान गरेको देखिएमा तत्काल नजिकको प्राधिकरणको कार्यालयमा खबर गर्न आग्रह गर्नु भयो ।
तोकिएको मापदण्ड विपरीत वितरण तथा प्रशारण लाइन मुनि पर्ने गरी धार्मिक तथा साँस्कृतीक कार्यक्रमको लागि आवश्यक संरचना निर्माण नगर्ने, बाँस, लहरा वा रुखको हाँगाहरुले विद्युतीय लाइनमा छोएको वा छुने अवस्था देखिएमा नजिकको नेपाल विद्युत प्राधिकरणको कार्यालयमा जानकारी गराउन पनि आग्रह गर्नु भयो ।
साथै उहाँले यो बेलामा सबैले दियो बत्ती मैनबत्ती बालेर नछोडन, र समय समयमा आएर आफुले बालेका दियो बत्ती ठिक छ वा छैन भनेर हेर्ने, ढलेको छ भने उठाउने आफुले बालेका दियो बत्तीहरुको राम्ररी निगरानी गर्न आवस्यक रहेको बताउनु भयो ।
Comments are closed.