सफलता सहकारीका सदस्यलाई निसर्ग हस्पिटलमा २० प्रतिशतसम्म छुट

महेन्द्रनगर । धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र सफलता महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि।बीच सहकारीका सदस्यहरूलाई स्वास्थ्य उपचारमा छुट दिने सम्झौता भएको छ।

शुक्रबार सम्पन्न सम्झौताअनुसार सहकारीका शेयर सदस्यहरूले निसर्ग हस्पिटलमा विभिन्न स्वास्थ्य सेवामा ५ देखि २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

सम्झौताअनुसार, सहकारीले पठाएका बिरामीले संस्थाको सिफारिस पत्र र बिरामीको परिचय खुल्ने कागजात पेश गर्नुपर्नेछ। छुटको दायरामा अस्पताल भर्ना, सर्जरी, ल्याब परीक्षण, एक्स–रे, ईसीजी, ईको, औषधि लगायतका सेवा समावेश छन्।

सम्झौतामा निसर्ग हस्पिटलका अध्यक्ष तिर्थ राज पन्त र सफलता सहकारीकी अध्यक्ष खगेश्वरी जोशीले हस्ताक्षर गरेका छन्।

सम्झौता कार्यान्वयनमा आएपछि सहकारीका सदस्यहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सुलभ दरमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित

Comments are closed.