सुदूरपश्चिम जापान कराते डो कोशिकाई सितोरियो संघद्वारा अपाङ्गता भएका युवालाई खाद्यन्न, ओढने ओछयाउने र नगद सहयोग
महेन्द्रनगर । सुदूरपश्चिम जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले अपाङ्गता भएका युवाका परिवारलाई खाद्यन्न, ओढने ओछयाउने र नगद सहयोग गरिएको छ । अन्तराष्ट्रिय स्तरमा गोल्ड मेडल ल्याएर ईतिहास रचेको दशेको नाम राख्न सफल भएको संघले सामाजिक उत्तरदायित्व कार्यमा पनि मन खोलेर छाप राख्ने गरी लागेको छ । समाजमा रहेका विपन्न गरिब दलितहरुलाई विगतमा पनि सहयोग गर्दै आएको संघले भीमदत्त नगरपालिका १८ महेन्द्रनगर कञ्चनपुर बस्दै आएका ४७ वर्षका लोकबहादुर सावद र उनका सहोदर दाजु ५६ बर्षिया करन सिह साउदलाई पनि सहयोग गरेको हो ।

लोकबहादुर सावद र करन सिह साउद दुवै जना अपाङगता भएको र खान र बस्नमा पनि समस्या भएको संचार माध्यमबाट जानकारी पाएपछि सुदूरपश्चिम जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव एवम कराँते ग्राण्ड मास्टर नेपाल हन्सी अभिषेक सिंहले खाद्यन्न, ओढने सिरक, ओछयाउने डस्ना नगद रकम पनि सहयोग गर्नु भएको छ ।

आफना खेलाडीहरुसहित नेपालको झण्डा बोकेर सबैजना पिडित सावदको घरमा पुगेर उहाँलाई सम्मानका साथमा सहयोग गरेको कराँते ग्राण्ड मास्टर नेपाल हन्सी अभिषेक सिंहले जानकारी दिनु भयो ।एक नेपालीलाई समस्या पर्दा सबैले साथ र सहयोग गर्नु पर्ने र उहाँको दुखमा हामी पनि साथमा छौ है भनेर सान्त्वना दिनका लगि खेलाडीसहित जापान कराते डो कोशिकाई सितोरियोका प्रदेश कराते प्रमुख प्रशिक्षक एवम अन्तराष्ट्रिय स्तरमा ३ पटक एसियन गोल्ड मेडलिस्ट सोनम पुजारा, जिल्ला कराँते प्रमुख प्रशिक्षक प्रकाश सुनारसहितको टोली पिडितको घरमा पुगेको उहाँले बताउनु भयो ।

यस्तो दयनिय अवस्थामा रहेको यो पिडित परिवारलाई सबैले मिलेर साथ र सहयोग गर्नुपर्छ भन्ने सन्देश दिन र अन्यले पनि सहयोग गरुन भनेर सन्देश दिनका लागि खेलाडीसहित आफुहरु यहाँ आएको बताउनु भयो ।
कुनै पनि मानवले भोकै रहनु हुँदैन भन्ने आफनो विचार रहेको र समाजिक उत्तरदायित्व अन्तरगत आफुहरुले विगतमा पनि धेरै क्षेत्रमा साथ र सहयोग गरेको बताउनु भयो ।
सावदका दाजु करन सिह साउदको दुवै मृगौला खराब रहेको अवस्था माउहाँ हिँडडुल गर्न असमर्थ रहेको भाई लोकबहादुरले बताउनु भयो । आफु पनि अपाङग दाजु बहिनी दिदि छोरछोरीसबै अपाङ भएपछि समस्या भएको उहाँले बताउनु भयो ।
डडेल्धुराको अमरगडी नगरपालिका २ आईत घर भई हाल उनिहरुको परिवा कञ्चनपुरम बस्दै आएका छन् । खानलाई पनि समस्या भएको विभिन्न सञ्चार माध्यमबाट जानकारी आएपछि आफुहरुले खाद्यन्न सहयोग गरेको जापान कराते डो कोशिकाई सितोरियोका प्रदेश कराते प्रमुख प्रशिक्षक एवम अन्तराष्ट्रिय स्तरमा ३ पटक एसियन गोल्ड मेडलिस्ट सोनम पुजाराले बताउनु भयो ।
यसरी सबैले आआफनो क्षेत्रबाट साथ र सहयोग गरेको खण्डमा उहाँहरुलाइै केही राहत हुने र सबैले सानोसानो साहयोग गर्न उहाँले आग्रह गर्नु भयो । यो दुखको बेलामा सबैले आतेमालो गर्न आवस्यक रहेको बताउनु भयो । दिपावली अघि सिकित्त बिरामी भएका साउदको महाकाली अस्पलतामा उपचार गरेपनि निको नभएपछि थप उपचारका लागि पैशा नहुँदा साउद घरमै छन ।
घरका दाजुभाई सबै अपाङ्गता भएपछि उपचार खर्च जुटाउन त परकै कुरा हो, समान्य दैनिक छाक छार्न समेत समस्या भएको छ ।
Comments are closed.