नवजात शिशु मालिस गर्ने सिप सिकेपछि शुक्लाफाँटा की डगौराले राम्रो आम्दानी गर्दै

महेन्द्रनगर । नवजात शिशुतथा सुत्केरी स्याहार र बच्चालाई मालिस गर्ने सिप सिकेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ मुक्ति टोल की ४५ वर्षिया निर्मला डगौरालाई भ्याईनभ्याई छ ।

उनलाई टाढा टाढा सम्मको लागी लैजान घरमा पुग्छन ग्राहकहरु, पहिलेदेखी नै यो काम गर्दै आईरहेकी डगौरालाई अहिले बढी काम पाईन थालेको छ किन भने, अहिले उनले नवजात शिशुतथा सुत्केरी स्याहार र बच्चालाई मालिस गर्न बैधानिक रुपले काम गर्नका लागी प्रमाणपत्र पाएकी छिन् ।

विगतलाई सम्झदै उनले कतिपय ठाँउबाट काम गर्न बोलाउने तर प्रमाणपत्र नभएपछि फर्किएको अनुभव रहेको बताईन् । आफ्ना कामको सीप र अनुभव भएपनि प्रमाणपत्र नभएपछि समस्या हुने गरेको बताईन् ।

जती मिहिनेत गरेपनि आम्दानी थोरै हुने आफनै प्रिय काममा पनि मन नलाग्ने भएको सुनाइन, तर अहिले उहाँलाई राष्ट्रिय वातावरण तथा सम विकास समाज नेपाल निड्स नेपालले दिगो आम्दानीद्धारा महिला उद्यमीहरुको शसक्तिकरण परियोजना दोस्रो चरणमा जोडिएपछि उनलाई संस्थाले नगरपालिकाले प्रदान गरेको सिप विकास कार्यक्रम अन्तरगत फुट मसाज तालिममा संलग्न गराई दिएपछि प्रमाणपत्र पाईन ।

अहिले उनले उक्त कामबाट मासिक २५  देखी ३० हजार आम्दानी गरीरहेको बताईन । आफैले रामे कमायृ गरेपछि कसैसंग हात थाप्नु पर्दैन आफुले गरेको कमाई बरु श्रिमान छोराहरुलाई दिने गरेको बताईन् ।

अहिले यो कामले र प्रमाणपत्र पाएपछि विश्वास गर्न थालेको र धेरै ठाँउबाट बोलाउने गरेको जानकारी दिईन । “टाढा जानका लागी घरमा मोटरसाईकल ल्याएर आउँछन्,नजिक नजिक म आफै हिँडेर जान्छु साईकल चलाउन आउँदैन” उनले भनिन, “मालिस हाम्रो परम्परागत विधी हो,

बालबालिका हरुलाइ यो आवस्यक पनि छ, यस्ले, मांशपेसी एवं हड्डी बलियो बनाउने र रगत संचालनमा सघाउ पु¥याउँछ “त्यसो त अहिले सामान्य मानिसहरु पनि मालिस गराउने गर्छन् यो घरमा सामान्य रुपमा गर्न र गराउन सकिन्छ, मालिसका लागि खास ज्ञान पनि चाहिँदैन,

सामान्यतः हातमा तेल लगाएर शरीरमा विस्तारै स्पर्श गर्ने र हल्कासँग मिच्ने हो” उनले भनिन विषेश गरेर बच्चा जन्माएपछि आमाहरुले र बच्चाहरुले दैनिक एक वा दुईपटक मसाज गराउने गर्दछन तर आफुले अहिले बच्चाहरुलाई मात्रै सेवा प्रदान गरेको उनको भनाई रहेको छ ।

सम्बन्धित

Comments are closed.