महेन्द्रनगर । आज भन्दा २ वर्ष पहिले सपरिवार भारतको बेड्ङ्गलोर सहरमा ज्याला मजदुरी गरेर जीवीकोपार्जन गर्ने बेदकोट नगरपालिका ४ बैतडाकी ५५ वर्षिया प्रेमा लुहारको परिवार अहिले आफनै गाँउमा बस्दै आएका छन् । उनिहरुलाई अहिले यतैको आम्दानीले पुगेको छ । आफनै गाँउमा मिहिनेत उद्यम गरेर परिवारलाई पालनपोषण देखी शिक्षा, स्वास्थ्य सबै पुगेको छ । लामो समय भारतमा उनिहरुले अनेक दुख कष्ट खाएर बसेका उनिहरुले आज भोली आफनै गाँउमा बाख्रा पालन गरेपछि दिन बदलिएका छन् ।

उनको परिवारमा १२ जना सदस्य छन् । उनिहरुलाई सबै थोक पुग्नका लागि उनिहरुले कुनै ठुलो उद्योग व्यवसाय गरेका छैनन मात्रै बाख्रा पालन गरे, मिहिनेत गरेर सबै थोक गाँउमा बसेर पुगाएका हुन् । राष्ट्रिय वातावरण तथा सम विकास समाज,नेपाल निड्स नेपालले दिगो आम्दानीद्वारा महिला उद्यमीहरुको शसक्तिकरण परियोजना दोस्रो चरणमा जोडिएपटिछ प्रेमाको जिवनमा आमुल परिवर्तन आएको हो ।

“भारतमा काम गर्दा निकै दुखकष्ट पाए, आम्दानी पनि नहुने काम धेरै गर्नु पर्ने सारै दुख भयो” उनले भनिन, आफ्नै गाँउमा केहि न केही उद्यम गर्ने, व्यवसाय गर्ने आफनै गाँउमा बस्ने सोच थियो, लगानी थिएन सुरुवात कहाँबाट कसरी गर्ने भन्ने सोच हुन्थ्यो,श्रिमानलाई भारतमा राखेर आफु नेपालमा आएर बाख्रा पाल्ने सोच थियो,
रिण निकालेर एउटा बाख्रा किने, त्यसै बेला निड्स नेपालवाट एफसिए नेपालसंगको सहकार्यमा हाम्रो समुदायमा ’दिगो आम्दानीद्वारा महिला उधमीहरुको सशक्तिकरण परियोजना संञ्चालनमा आएर हाम्रो समुदायमा महिला सशक्तिकरण समूह गठन भएपछि आफु उक्त समुहमा लागेपछि धेरै तालिम कक्षा लिए,
त्यहीबाट धेरै कुराहरु जानकारी पाए, व्यवसाय छनौट गर्ने दिन आएपछि आफुले बाख्रा पालन गर्ने भन्ने जानकारी संस्थालाई दिए, सुरुमा उन्नत जातको विजार बोका संस्थाले दियो मिहिनेत गरे, दुख गरे २ बाख्रबाट आज म संग १७ बाख्रा पाठापाठी रहेका छन् । आएको आम्दानीले फेरी बाख्रा थप्दै गए,
बोकाले पनि आम्दानी दिन थालेपछि सजिलो भयो । भारतमा रहेका श्रिमानलाई पनि अहिले फिर्ता बोलाएर बाख्रा पालनमा उहाँले पनि सहयोग गरी रहनु भएको छ, उता दुख गर्नु भन्दा आफनै पौरखले आफनो गाँउमा उद्यमी बनौ भन्दा श्रिमानले पनि साथ दिनुभयो, बाख्रालाई परिवारका अन्य सदस्यहरुले हेरचाह गर्ने सहयोग गरीरहनु भएको छ ।
त्यस पछि परियोजनावाट राम्रो बाखा पालन गरेका ईच्छुक उद्मीलाइ खोर निर्माणमा सहयोग गर्ने योजना अन्तरगत करिव २० हजार वरावरको बाह्य निर्माण सामग्री उक्त परियोजनावाट सहयोग पाए, स्थानीय स्तरमा पाइने सामग्रीहरु र मिस्त्री खर्च लगाएर पहिलो चरणकै नमूना खोर समेत बनाएकी छु,
यही व्यवसायबाट परिवारको खर्च, शिक्षा स्वास्थ्य सबै थोक पुगेको छ । भारतको दुख भन्दा आफनै गाँउमा सुख भएको छ ।
Comments are closed.