महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले हरेक शुक्रवार बिना झोला शिक्षा अर्थात “ब्याग फ्रि डे” मा केही न केही नविनतम कार्य गर्दै आईरहेको छ । आज शुक्रवार पनि विद्यार्थीहरुले विज्ञान प्रदर्शनी सम्पन्न गरेका छन् ।

कक्षा ३ देखी १० कक्षा सम्मका विद्यार्थीहरुले आफुले सिकेका र जानेका विज्ञान सम्बन्धी विभिन्न सामग्रीहरु बनाएका थिए । विद्यार्थीहरुलाई पढाई संगसंगै व्यववहारिक सिप विकास गर्नका लागि विद्यालयले हरेक शुक्रवार यस्ता कार्यक्रमहरु गर्दै आईरहेको विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्टले जानकारी दिनुभएको छ ।
विद्यार्थीहरुलाई अध्ययन संगै उनिहरुको रुची, सिपमा पनि ध्यान दिएर हरेक शुक्रवार बिना झोला विभिन्न सिप मुलक काम सिकाएर उनिहरुको मनोबललाई उच्च राख्न हामीहरु लगि परेको उहाँले बताउनु भयो ।
विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानमा पनि पोख्त बनाउने उदेश्यका साथमा अलि पृथक कार्य विद्यालयलृे गरिरहेको र यसमा अभिभावकहरुको पनि सकारात्मक प्रतिक्रिया आईरहेको प्रिन्सिपल भट्टको भनाई रहेको छ ।
आफनो विद्यालय महाकाली मोडर्न पब्लिक स्कुलले “संस्कार सहितको शिपयुक्त शिक्षा” प्रदान गर्न थालेपछि अहिले विद्यालयले नविनतम कार्यलाई अग्रता दिईरहेको उहाँले प्रिन्सिपल दिजराज भट्टले बताउनु भयो ।
विद्यालयले गायन र नृत्यका कक्षा सञ्चालन, शुक्रबार ब्याग फ्रि, शिक्षकहरुका लागि तालिम सञ्चालन, उत्कृष्ट शिक्षकलाई हरेक महिनाको अन्त्यमा पुरस्कार र विद्यार्थीहरुलाई हरेक महिना गराउँदै आएको फिल्ड भिजिट गराइरहेको छ ।
Comments are closed.