महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको उदय बाल क्लब र उदय रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथमा उदय माध्यमिक विद्यालय बंकमा शनिवार उक्त कार्यक्रमको आयोजना गरीएको थियो ।

रक्तदान अभियान उदय माध्यमिक विद्यालयको आर्थिक सहयोग र रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सञ्चालन भएको उदयमावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी र उदय बालक्लबका अध्यक्ष वासुदेव पाण्डेयले जानकारी दिए ।हाम्रो सानो सहयोगले कसैको जीवन बचाउन सक्छ भने हामी किन पछि पर्नु भन्ने सोचका साथ यो कार्यक्रमको आयोजना गरीएको उनले बताए ।

रक्तदान कार्यक्रम मार्फत समाजमा मानवीय भावना र सहकार्यको सन्देश फैलाउने उद्देश्य रहेको पनि जानकारी दिए । उक्त कार्यक्रमबाट १५ पिन्ट रगत संकलन भएको थियो ।
उक्त कार्यक्रममा कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन सिंह साउद, विद्यालय व्यवस्थापन समितिका सदस्य दिनेश पाण्डे, र एनएनएसडब्लुएका विफोरजी परियोजनाका सामाजिक परिचालक हर्का पातली र उदय बालक्लबका सम्पूर्ण पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
सबैको साथ सहयोग, समन्वय र सहकार्यले गर्दा कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको र अध्यक्ष पाण्डेयले सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।
Comments are closed.