महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका ७ सुडामा रहेको ज्ञान बाटिका माविले बैजनाथ धाम तथा वृद्धाआश्रम सेवा समितिलाई सहयोग गरेका छन् ।कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले वृद्धआश्रममा रहेका वृद्धवृद्धाहरुलाई चामल, दाल, तरकारी,फलफसल जेरीहरु सहयोग गरेका हुन । मुठीदान कार्यक्रम अन्तर्गत विद्यालयको हाउस क्याप्टन अखण्ड भट्ट र भाइस हाउस क्याप्टन रोजी भट्टको नेतृत्वमा उक्त कार्यक्रमको आयोजना गरीएको हो ।

विद्यालयका प्रिन्सिपल महेन्द्र मल्लले आफनो सामाजिक उत्तरदायित्व अन्तरगत विद्यालयमा विद्यार्थीहरुले शिक्षकशिक्षिकाहरुले आफैले गरेको सहयोगले वृद्धवृद्धाहरुलाई सहयोग गरेको बताउनु भयो ।
यसरी सामाजिक कार्यमा सबैले मिलेर काम गर्नु पर्छ र सहयोग गर्नु पर्छ भन्ने उदारहरण सिकाउन र सिक्नका लागि यो सहयोग गरिएको बताउनु भयो ।
Comments are closed.