महेन्द्रनगर । कञ्चनपुरमा नेकपा एमालेले विरोध प्रदर्शन र कोण सभाको आयोजना गरेका छन् । मंगलवार जिल्लामा रहेका नौ वटा पालिकामा विरोध प्रदर्शनी एवम कोण सभाको आयोजना गरीएको थियो । भीमदत्त नगरपालिकामा पनि नगर परिक्रममा गरी मदन चोकमा कोण सभाको आयोजना गरीएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले शान्ती व्यवस्था देशमा नरहेको बताउनु भयो । जेनजी आन्दोलनको नाममा विद्रोह भएको जिकिर गर्नु भयो । आफु पनि अहिले घरवार विहिन भएको बताउँदै, आतंकवादी क्रियाकलाप भएको बताउनु भयो ।
घर तोडन सकेपनि आश्था तोडन नसकिने जिकिरर गर्नु भयो । सरकार नै असंबैधानिक भएको, सरकारले गरेका निर्णयहरु सबै बदर, संसद् पुनस्र्थापनाको माग, संसद् विघटन असंवैधानिक भएको भन्दै प्रतिनिधि सभा पुनस्र्थापनाको माग गर्दै देशव्यापी कार्यक्रम अन्तर्गत कञ्चनपुरमा पनि प्रदर्शन गरेको हो ।
विरोध ¥याली कञ्चनपुरका नौ वटै पालिकामा आयोजना गरीएको थियो । एमालेले संसद् विघटनविरुद्ध देशभरका सबै पालिकामा आज भेला र प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो।
साथै, संसद् पुनस्र्थापना र आसन्न महाधिवेशन केन्द्रित जनपरिचालन अभियान सञ्चालन गर्न सबै वडा र नगर कमिटीहरूलाई निर्देशन दिएको पार्टीले जनाएको छ ।
पार्टी निर्णय अनुसार एमालेले वडा, पालिका, जिल्ला र राष्ट्रिय तहमा क्रमिक रूपमा जनप्रदर्शन र सभा सञ्चालन गर्ने तयारी गरेको छ ।
Comments are closed.