जलवायु परिवर्तनको प्रभाव, कृषीमा युवा सहभागिता र सञ्चारमाध्यमको भूमिका विषयको अन्तरक्रिया कार्यक्रम सम्पन्न
महेन्द्रनगर । कैलालीमा जलवायु परिवर्तनल, कृषी प्रणाली र कृषीमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भुमिका विषयको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) र एफएओको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
सो कार्यक्रममा सुदूरपश्चिममा विभिन्न सञ्चारमाध्यममा रहेर कार्यरत पत्रकार, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, अकोराब र एफएओका प्रतिनिधि, युवा तथा कृषकहरुको सहभागिता रहेको थियो। भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्रालय, सुदूरपश्चिम प्रदेशका सुचना अधिकृत राजकुमार झा, कृषी निर्देशनालयका निमित्त कार्यालय प्रमुख टिकेन्द्र केश्मी र कृषी ज्ञान केन्द्र कैलालीका कृषी प्रसारक अधिकृत टेक विष्टले कृषि क्षेत्रका सम्भावना, युवाको सहभागिता बढाउन भएका प्रयास लगायतका बारेमा कार्यक्रममा प्रस्तुतीकरण दिनुभयो।
अकोराबका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोविन्दप्रशाद देवकोटा, केन्द्रिय कोषाध्यक्ष तुला अधिकारी, महासचिव भक्त स्याङतान, प्रदेश अध्यक्ष वेदप्रशाद तिमिल्सीना लगायतको उपश्थिती रहेको थियो । सहभागीहरुले लक्षित कृषकलाई अनुदान दिईनु पर्ने, युवा लक्षित कृषीसंग सम्बन्धित कार्यक्रमहरु लागु हुनुपर्ने, युवाहरुलाई प्रोत्साहनका लागि सम्मान गरीनु पर्ने, कृषीलाई घृणा होईन सम्मानित पेशामा परिणत गर्ने खालका योजना कार्यक्रमहरु लागु हुनुपर्ने विचार राखेका थिए ।
साथै कृषकहरुलाई दिईने अनुदानका सामग्रीहरुलाई सजिलो तरिकाले पाउने खालका बनाउनु पर्ने, विमा योजनालाई अझै सबैको पहुँचमा पुग्ने खालका बनाईनु पर्ने, प्राकृतिक विपदले नोक्शानी गराएका बाली अन्नको पनि सहज तवरले राहत वा सहयोग दिइनुपर्ने सहभागिहरुले छलफलको क्रममा बताएका थिए।
कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषी प्रसारक अधिकृत टेक विष्टले पछिल्लो समयमा कृषीमा युवाहरुले गर्दा नै राम्रो प्रतिफल आएको बताउनु भयो । राज्यले पछिल्लो समयमा यान्त्रिकरणमा लगानी गरेसंगै युवाहरुको पनि आर्कषण कृषीमा बढेर अहिले किवी, ड्रयागन खेती, केरा खेती, मासु उत्पादन लगायतको क्षेत्रमा राम्रो प्रगती भएको पाइएको बताउनु भयो।
साथै सरकारले अनुदानमा कृषी औजारहरु यान्त्रिकरणहरुमा पनि अनुदानमा प्रलान गरेपछि उनिहरुलाई कृषीमा काम गर्न सहजता र समयको बचत भएपछि उत्पादनमा पनि बढेत्तरी भएको उहाँले बताउनु भयो । विषेश गरेर सुदूरपश्चिमका पहाडी जिल्लामा तरकारी खेतीमा उल्लेखनिय प्रगती देखिएको र उताबाट तरकारीहरु तराँइमा पनि पुग्ने गरेको समाचारले युवा कृषकहरुलाई उत्साहित बनाउने बताउनु भयो ।
देशैभरमा कैलालीले राम्रो गहुँ उत्पादन गर्दै आएको यसमा पनि युवाहरुको सक्रियताले गर्दा कृषीका अन्य क्षेत्रमा युवाहरुले गर्दा नै अहिले राम्रो उदाहरण दिन सकिएको बताउनु भयो । यसैगरी, पुष्पखेती किसान कैलालीकी शुसिला विष्टले आफुसहित अन्य थुप्रै युवाहरुले अहिले पुष्प खेतीमा अअर्कषण बढेको र आम्दानी पनि राम्रै गर्न सफल भएको बताउनु भयो ।
जन्मदेखी मृत्यु सम्म फुल आवस्यक पर्ने भएकाले यसमा पनि सरकारले विषेश अनुदान र विमाका योजनाहरु ल्याईनु पर्ने बताउनु भयो । विपद आयो भने फुल नष्ट भएको खण्डमा यस्को विमाको योजना सरकारसंग नभएकाले धेरै समस्या रहेको बताउनु भयो ।
धेरै पानी पय्रो भने, हावाहुरीले पनि नोक्शान गर्ने भएकाले यसलाई जोगाउन समस्या, हुने नोक्शान हुने भएकाले यसको विमा गनर््े व्यवस्था रहेको खण्डमा पुष्प खेती गर्ने किसानलाई सहजता हुने बताउनु भयो ।
कृषी निर्देशनालयका निमित्त कार्यालय प्रमुख टिकेन्द्र कुश्मीले युवाहरुलाइ आर्कषण गर्ने खालका विभिन्न कार्यक्रमहरु ल्याएको बताउनु भयो ।
साथै उहाँले कृषी अध्ययन गरेका युवाहरु विदेशबाट कृषी सिकेर आएका युवाहरुलाई सहुलियत दिनेगरी सबै जिल्लामा लागु भएको छ भने ,कृषी पढेका ध्ययन गरेका युवाहरुलाई ८८ वटा स्थानीय तहमा कृषी एवम पशुपंक्षी क्षेत्रमा १७६ जनालाई करारमा पकेट क्षेत्रमा काम गर्न राखेको र जिल्लामा युवा लक्षित मौरी पालन, कुखुरा पालन, बाख्रा पालन, फलफुल, तरकारीमा समेटने योजना रहेको बताउनु भयो ।
यस्तै, भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्रालयका सुचना अधिकृत राजकुमार झाले युवाहरुलाई कृषी पेशामा आवद्ध गर्नका लागि उनिहरुलाई विभिन्न योजना ल्याएर व्यवसायीकरुपमा लाग्नेहरुलाई कृषी कर्जामा अनुदान दिने स्टार्टअप योजनाहरु ल्याएर काम भईरहेको बताउनु भयो ।
साथै कृषी भनेको तत्कालै फल दिने काम नभएको केही समय रोक्नुपर्ने भएकाले युवा स्जरोजगार कार्यक्रमहरु पनि रहेको र युवाहरुलाई कृषीमा आवद्ध भएर विदेशमा पनि कृषी संग रहेका सिपहरु सिकेर आफनो देशमा लाग्नु पर्ने बताउनु भयो ।
पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले अनुदानमा निकै झन्झट व्यवस्थाले गर्दा खास किसानहरु भन्दा पनि अरुले अुदान पाउनु पर्ने किसानको अनुदानमा पहुँच नहुने बताउनु भयो । साथै जलवायु परिवर्तनको प्रत्यक्ष असर कृषकहरुले बेहोरिरहेको बताउँदै युवा कृषकहरुका सफलताका कथाहरु पनि सञ्चार माध्यमबाट दिनु पर्ने बताउनु भयो ।
सकारात्मक विषयवस्तुलाई समेटेर समाचार कथा बनाएर अरुलाई पनि प्रेरित गर्नुपर्ने बताउनु भयो । यस्तै एफएव नेपालका प्रतिनिधी संघर्ष भटट्राईले अहिले सम्म ७७ वटै जिल्लामा कार्यक्रम संचालनमा रहेको बताउनु भयो । सञ्चार माध्यमले गर्दा एउटा युवा किसानले गरेको दुख मिहिनेतलाई संसार माझ देखाउने माध्यम रहको भएर यहाँहरुको निकै ठुलो भुमिका रहेको बताउनु भयो ।
साथै उहाँले संस्थाले उत्पादन पोषण, वातावरण र संवेदन जिवनयावनमा ध्यान दिँउ भन्ने नाराको साथमा एफएवले काम गरेको जानकारी दिनु भयो ।
अकोराबका वरिष्ठ उपाध्यक्ष देवकोटाले कार्यक्रममा सहभागि सबैलाई धन्यवाद दिदै सामूदायिक रेडियोले कृषिका क्षेत्रका आवाजलाई बुलंद पार्न आग्रह गर्नुभयो । उक्त कार्यक्रमलाई सिआईएनका म्यानेजर दिपक आचार्यले सहजीकरण गर्नु भएको थियो ।
Comments are closed.