सामुदायिक रेडियो प्रसारक संघ, सुदूरपश्चिम प्रदेशः पत्रकारलाई ज्यान मार्ने धम्की दिने दोषीलाई कानुनी कारबाही हुनुपर्छ

महेन्द्रनगर । समाचारकै आधारमा पत्रकार लक्ष्मण विसी र मगेश दयाललाई अश्लील गालीगलौज गर्दै भौतिक आक्रमणको धम्की दिएकोमा सामुदायिक रेडियो प्रसारक संघ, सुदूरपश्चिम प्रदेशले ध्यानाकर्षण भएको जनाएको छ । बुधवार एक प्रस विज्ञप्ती निकाल्दै पत्रकारलाई धम्क्याउने कार्य अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रता विरोधी कदमका रुपमा रहेको जनाएको छ ।

सचिव अम्मरराज भट्टराईद्धारा हसताक्षरित उक्त प्रेस विज्ञप्तीमा बैतडी स्थित आमचौर स्वास्थ्य चौकीका सिनियर अहेव भानबहादुर चन्दबाट फोनमार्फत पटकपटक बैतडी स्थित सामुदायिक रेडियो मेलौलीका स्टेशन प्रमुख विसी र सोही रेडियोका बजार प्रमुख दयालमाथि यस्तो व्यवहार भएको प्रति सामुदायिक रेडियो प्रसारक संघ, सुदूरपश्चिम प्रदेश खेद प्रकट गर्दछ भनिएको छ।

कुनै पनि समाचारमा गुनासो भए त्यसको समाधान कानुनी या प्रचलित विधि अनुसार खोज्नुपर्नेमा पत्रकारलाई धम्क्याउने कार्य अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रता विरोधी कदमका रुपमा सामुदायिक रेडियो प्रसारक संघले लिएको छ ।

घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाहीको प्रक्रियामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछ । पञ्चेश्वर गाउँपालिका वडा नं ४ स्थित आमचौरा स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब भान बहादुर चन्दले पत्रकारद्धय बिसी र दयालमाथि ज्यानमार्ने धम्की दिएको बताइएको थियो ।

सम्बन्धित

Comments are closed.