महेन्द्रनगर । कञ्चनपुरमा लैङिगक हिँसा र प्रतिकार्यमा ओसिएमसी र सुरक्षित आवास गृहको दिगो व्यवस्थापन सम्बन्धि अन्तरपालिका समन्वय वैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहराको अध्यक्षतामा सम्पन्न उक्त वैठकमा जिल्लामा रहेका नौ वटा पालिकाका प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृतहरु, सामाजिक संस्थाहरु, जिल्ला प्रहरी कार्यालय प्रमुख, युएनएफपिएका प्रतिनिधीहरु ल्गायतको उपश्थिती रहेको थियो ।

जिल्लामा संचालनमा रहेका सेफ हाउसमा बजेटको अभावले अगाडी संचालनमा समस्या देखिएको संचालकहरुले आफनो प्रस्तुतीमा जानकारी गराएका छन् । जिल्लामा रहेका साथी संस्थाले संचालनमा ल्याएको सेफ हाउस, मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल, र अल्पकालिन सुरक्षित आवास गृहमा बजेटको अभावले अबको केही वर्षमा संचालनमा समस्या रहेको संचालकहरुले बताएका छन् ।

विहिवार लैङिगक हिँसा र प्रतिकार्यमा ओसिएमसी र सुरक्षित आवास गृहको दिगो व्यवस्थापन सम्बन्धि अन्तरपालिका समन्वय वैठकमा आफनो सेफ हाउसको प्रस्तुती गर्दै गर्दा अहिले पनि आर्थिक चुनौतीका वावजुत आफुहरुले सेफ हाउस संचालन गरीरहेको बताएका छन् ।

प्रमुख चुनौती भनेकै बजेटको अभाव रहेको उहाँहरुको भनाई रहेको छ । अहीले पनि जिल्लामा विभिन्न हिँसा पिडितहरु सेफ हाउसमा आउने क्रम रहेको भएर सेफ हाउसलाई संचालन गर्न समस्या रहेको र पालिकाहरुले विगतमा गर्दै आएको सहयोग यो वर्षमा नआएपछि झन बढी चुनौती थपिएको सेफ हाउसका संचालकहरुको भनाइ रहेको छ ।
पालिकाहरुले आश्वासन दिएको भएपनि आफुहरुले पालिकाबाट अािर्थक सहयोग नपाएको साथी संस्थाका कार्यक्रम संयोजक उर्मिला शाहीले बताउनु भयो ।
आजको यो कार्यक्रमबाट पनि सबैले बजेट सहयोग गर्ने प्रतिवद्धता आएको भएपनि विगतमा झै आउने नआउनेमा चिन्ता रहेको बताउनु भयो । आफुहरुसंग अहिले पनि ३५ जना महिलाहरु रहेको र आर्थिक अभावले समस्यामा रहेको बताउनु भयो ।
उहाँले पालिकाले सानो सहयोग गरेपनि दातृ निकायलाई पनि भनेर केही सहयोग लिन सके सेफ हाउस संचालनमा सहजता हुने बताउनु भयो । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालका बरिष्ठ मनोपरामर्शकर्ता जानकी चन्दले आजको यो कार्यक्रमबाट सेफ हाउसलाई कसरी दिगो रुपमा संचालन गर्न सकिन्छ र स्थानिय तहको भुमिका के रहन्छ संचालनमा भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।
साथै तनावलाई कसरी व्यवस्थापनगर्न सकिन्छ भनेर जानकारी दिनका लागि यो कार्यक्रमको आयोजना गरीएको बताउनु भयो ।
ओसिएमसीका सिनियर साइकोसोसिएल संयाजक दिवाकर जोशीले मानसिक स्वास्थ्य सबैलाइ आवसयक पर्ने भएकाले यसबारे सबैले जानकारी लिन आवस्यक रहेको बताउनु भयो ।
तुलनात्मक रुपमा महिलाहरु बढी हिँशामा रहेको पहिचान भएको र अभावमा र विपदमा समस्यामा रहेकाहरुलाई बढी यसकोआवस्यक पर्ने भएकाले मानसिक रुपमा स्वस्थ्य रहन सबैलाई आवस्यक रहेको बताउनु भयो ।
Comments are closed.