कराँतेको जगतमा ईतिहास रचेको जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपाल फेरी ईतिहास रच्न दिल्ली प्रश्थान

महेन्द्रनगर । कराँतेको जगतमा ईतिहास रचेको जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपाल फेरी ईतिहास रच्न भारतमा आयोजना हुने खेलमा भाग लिन शुक्रवार प्रस्थान गरेको छ । जिल्ला समन्वय समिति कञ्चनपुरको हलमा खेलाडीहरु, अफिसियलहरुलाई भव्य विदाई गरिएको छ ।

जिल्ला समन्वय समितिका अध्यक्ष दुर्गा दत्त बोहराको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षमा दिपेन्द्र विष्ट रहनु भएको थियो भने, विशिष्ट अतिथीमा ओलिम्पीयन खेलाडी तथा बक्सिङका वरिष्ठ प्रशिक्षक डम्बर दत्त भट्ट जिल्ला खेलकुद समितीका कार्यालय प्रमुख गोपाल दत्त भट्ट, जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख एसपी खडकबहादुर खत्री, जिल्ला समन्वय समितीका अधिकृत, जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपालका कोषाध्यक्ष, समाजसेवी वुद्धिजिवी पूर्व क्याम्पस प्रमुख बिरेन्द्र सिंह सावद, जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपालका सदस्य सरस्वती दाहालको उपश्थिती रहेको थियो ।

भारतको दिल्ली सेक्टर ३२ खेडा गाँउमा नेपाल भारत मार्सलाट च्याम्पियनशिप प्रतियोगिता कार्तिक ३० र मंसिर १ गतेसम्म आयोजना खेलमा उनिहरुले भाग लिन उक्त क्षेत्रमा प्रश्थान गरेका छन् । खेलाडीहरुलाई सम्मानका साथमा नेपालको झण्डा ओढाएर अविर लगाएर विदाई गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहनु भएको जिल्ला समन्वय समिति प्रमुख बोहराले विगतमा पनि भारतमा भएका खेलमा खेलाडीहरुले ईतिहास रचेको बताउनु भयो । विगतमा उत्कृष्ट खेलको प्रदर्शन गरेर देशको नाम देशको झण्डा भारतमा फहराएको स्मरण गर्दै अहिले आयोजना भईरहेको खेलमा पनि देशको नाम राख्ने गरी फेरुी ईतिहास रच्ने गरी अनुसासित भएर खेल खेल्न आग्रह गर्नु भयो ।

यत्तीको अनुशासन अन्य खेलाडीहरुमा आफुले नदेखेको बताउँदै अन्य खेलाडीहरुले पनि जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपालका खेलाडीबाट अनुशासन सिक्नुपर्ने बताउनु भयो । कार्यक्रमका सभाध्यक्ष्ँ विष्टले अनुशासनले नै खेलाडीहरुको पहिचान दिने र सफल हुनमा मद्धत पुग्ने भएका सबैले अनुशानमा रहेर भारतमा खेल खेल्न आग्रह गर्नु भयो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी खत्रीले विगतमा पनि भारतमा भएका खेलमा राम्रो प्रदर्शन गरेको भनेर आफुले जानकारी पाएको र यसपाली पनि विजयी भएर आउनका लागि शुभकामना दिनु भयो । साथै उहाँले खेलाडीहरुलाई भारतमा जाँदा गर्नु पर्ने सुरक्षाका विषयमा पनि कक्षा दिनु भएको थियो ।

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालका ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले आफनो खोलडीहरुले विगतमा पनि ईतिहास रचेको र यसपाली पनि ईतिहास रचेर भारतमा नेपालको नाम राख्ने गरी खेल खेल्ने बताउनु भयो ।

खोडीहरुले राम्रो तयारी गरेको र तैयारी अनुसार नै सबैले जित निकाल्ने गरी च्याम्पियनशीप खेलेर जित निकाल्नेमा आफु विश्वस्त रहेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.