महेन्द्रनगर । कञ्चनपुरमा राष्ट्रीय कर दिवश २०८२ को अवसरमा आन्तरिक राजश्व कार्यालयले उत्कृष्ट करदातालाई सम्मान गरेको छ । जिल्लामा रहेको उदयदेव बहुउदेश्यीय सहकारी संस्था लिमिटेडलाई राष्ट्रीय कर दिवश २०८२ को अवसरमा सम्मान गरेको हो ।
सहकारीले गत वर्ष मात्रै २ करोड १५ लाख २३ हजार १७५ रुपैयाँ कर भुक्तानी गरेको कार्यालयले जनाएको छ । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष ०८१÷८२ मा सबैभन्दा बढी कर तिरे वाफत एक कार्यक्रमको आयोजना गर्दै समयमा कर बुझाएको भन्दै सहकारीलाई सम्मान गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सहकारीका अध्यक्ष नारा जोशीले आफनो संस्थाले विगत २६ वर्षदेखी गरेको मिहिनेत, उन्नती र प्रगतीको उचित मुल्याङकन गरेर आजको यो सम्मान प्रदान गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । साथै उहाँले कर नै देशको उन्नती प्रगतीको आधार भएको र देशको सम्मुनत विकासका लागि लगानी प्रमुख हुने र समुन्नत देश बनाउन सबैले करको दायरमा आउनु पर्ने बताउनु भयो ।
करकदाता राष्ट्रिय स्तरमा कार्यरत विभिन्न ओहदामा रहेका व्यक्तित्वहरुले आफनो देश प्रतीको उत्तरदायित्वलाई बुझेर युवाजनशक्ति बुझेर देशमै काम गर्ने वातावरण बनाउन सके देशको सम्मुनती अझै बढी हुने बताउनु भयो । उद्योग बाणिज्य संघ कञ्चनपुरका अध्यक्ष पिताम्बर जोशीले अहिले व्यवसायीहरु सम्मानित हुँदै गर्दा दिनप्रतिदिन प्रोत्साहन हुनुभन्दा अहिलेको अवस्थाले व्यवसायीमा निराशा छाएको बताउनु भयो ।
व्यवसाय गर्ने वा पलायन हुने भन्ने विचार हरेक व्यवसायीको रहेको बताउनु भयो । कर तिर्ने व्यवसायीलाई हरेक क्षेत्रबाट हेपिनु पर्ने सम्पत्तीको पनि सुरक्षा नभएको अवस्थामा यो देशमा किन बस्ने भन्ने प्रश्न उठेको बताउनु भयो । देशको सबै अवस्थालाई हेर्दा आफनो रहरलाई बाँधेर कर तिर्छाै तर सुरक्षा नभएपछि निराशापन छाएको बताउनु भयो ।
Comments are closed.