महेन्द्रनगर । कराँतेको जगतमा ईतिहास रचेको जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपालले फेरी ईतिहास रच्न सफल भएको छ । भारतको दिल्लीमा कार्तिक २९ र ३० गते आयोजना भएको प्रथम नेपाल भारत मार्सलाट च्याम्पियनशिप प्रतियोगितामा ३४ वटा स्वर्ण पदक जितेर नेपालको नाम भारतमा चम्काउन सफल भएको छ ।
नेपालबाट ३८ जना खेलाडीहरुले भाग लिएको उक्त खेलमा ४ जना खेलाडीहरुले रजक पदक जितेका छन् । खेलाडीहरु र अभिभावकहरुले नेपालको झण्डासहित बजार परिक्रमा पनि गरेका थिए ।
विगतका दिनमा पनि भारतमा आयोजना भएका खेलमा जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपालले प्रथम स्थान हासिल गरेको थियो भने, यो वर्षको खेलमा पनि प्रथम स्थान हासिल गरेर ईतिहास रचेको जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालका ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले जानकारी दिनु भयो ।
खेलाडीहरुको मिहिनेत, लगनशिलता, र अनुशासनले खेलाडीहरुलाई उक्त ठाँउसम्म पुय्राउन सहयोग गरेको उहाँले बताउनु भयो । विगतका अनुभव नयाँ सिप दक्षता र क्षमताको आधारमा उनिहरुले स्वर्ण पदक जितेर देशको नाम भारतमा राख्न सफल भएको र आगामी दिनमा पनि त्यही जोस र जाँगरका साथमा खेलाडीहरुल् खेल्ने र ईतिहास रच्ने दावी गर्नु भयो ।
यसैगरी संघका अध्यक्ष दिपेन्द्र विष्टले यसरी भारतमा आयोजना भएको खेलमा नेपालको नाम राख्न सफल भएका खेलाडीहरुलाई सरकारले पनि हेर्नु पर्ने र उनिहरुको हौसलालाई बढाएर थप प्रेरित गर्नुपर्ने बताउनु भयो । विगतको ईतिहासमा पनि अहिले सम्म हार्न नसिकेको यो संघले यसरी नै आगामी दिनमा आयोजना हुने खेलमा पनि यसरी नै स्वर्ण पदकको वर्षा गराउने छ भन्ने आफनो विश्वास रहेको बताउनु भयो ।
यसैगरी अभिभावक जगदिश सिंह विष्टले आफनो छोराले स्वर्ण पदक वितेर आएको प्रती गर्व महसुस भएको बताउनु भयो । भारतमा विगतमा आयोजना भएका खेलहरुमा पनि राम्रो प्रदर्शन गरेको यो टिमले यसपाी पनि ईतिहास रचेको प्रती सम्पुर्ण खेलाडी गुरुहरुलाई उहाँले धन्यवाद व्यक्त गर्नु भयो ।
यसरी नै वेस्ट खेलाडीको उपाधी पाएका र जापान कराँते डो कोशिकाई सितोरियो संघ नेपालका जिल्ला सहायक प्रमुख प्रशिक्षक गणेश भट्टले यसरी प्रत्येक पटक आयोजना भएको खेलमा आफनो उत्कृष्ट प्रस्तुती दिएर नेपालको नाम राख्न पाँउदा खुसी लाग्ने र हौसला मिल्ने बताउनु भयो ।
यसैगरी बेस्ट फाईटर सुमित्रा विष्टले आफुले विगतमा पनि भारतमा आयोजना भएका खेलमा विजयी हासिल गरेको र अहिलेको यो खेलमा पनि बेस्ट फाइटरको उपाधी जितेको प्रती आफुलाई गौरव महसुस भएको बताउनु भयो ।
Comments are closed.