लिटिल बुद्ध एकेडेमीमा एलबीए फेस्ट २०८२ को आयोजना, उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरीने

महेन्द्रनगर । लिटिल बुद्ध एकेडेमीमा एलबीए फेस्ट २०८२ को आयोजना गरिएको छ । विद्यालयले बर्सेनी आयोजना गर्दै आएको फेस्ट अन्र्तगत विज्ञान प्रदर्शनी, कला तथा शिल्प, खाद्य महोत्सव र साँस्कृतिक कार्यक्रमको वृहत रुपमा आयोजना गरिएका हो । आधारभूतदेखि माध्यमिक तहसम्मका सबै विद्यार्थीले प्रतिस्पर्धामा भाग लिएका थिए । कार्यक्रमको प्रमुख अतिथीमा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल रहनु भएको थियो भने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र सिह खत्रीले कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी रावलले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने र उनिहरुको ईच्छाएको काम सिपहरुको विकास गर्न यसले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो । यो कार्यक्रमले विद्यार्थीहरुको रुची विषयहरु सिपकला विभिन्न विधामा आफनो क्षमताको प्रस्तुती दिने भएकाले यस्ता कार्यक्रमहरुको आयोजना हुनु भनेको अभिभावकहरुलाई पनि सिकाइ हुने अवसर रहेको बताउनु भयो ।

कार्यक्रमका सभाध्यक्ष खत्रीले विद्यार्थीहरुमा फरकफरक प्रतिभा, वौद्धिक क्षमता, रुची हुने भएकाले उनिहरुमा भएको प्रतिभालाई बाहिर ल्याउन यो कार्यक्रम महत्वपूर्ण हुने बताउनु भयो । उनिहरुले आफनो प्रतिभालाई जिवनमा लागु गर्नका लागी यो उचित ठाँउ रहेको बताउनु भयो ।

साथै आफुले अध्ययन गरेका ज्ञानलाई आफनो सिप कला मार्फत विभिन्न सामग्रीहरु बनाएर प्रदर्शनमा राखेको र विद्यार्थीहरु पनि हौसित भएको आफुले पाएको बताउनु भयो । विद्यालयका प्रिन्सिपल श्याम सिह मौनीले अतिरिक्त क्रियाकलाप अन्तरगत विद्यार्थीहरुको अन्र्तनिहित प्रतिभा, क्षमतालाइ प्रस्फुटन गर्नका लागि विभिन्न विधामा यो फेस्टको आयोजना गरीएको बताउनु भयो ।

अहिले ३० वटा फुड स्टल र ६ सय बढी विभिन्न कलात्मक कला र विज्ञानका विभिन्न सामग्री बनाएको बताउनु भयो । अहिले २६ सय विद्यार्थीहरुको प्रत्यक्ष वा अप्रत्यक्ष यसमा सहभागि रहेको बताउनु भयो । शुक्लाफाँटा नगरपालिका निवासी अभीभावक कमलराज गीरीले यो फुड फेस्ट कार्यक्रमले हामी अभिभावकहरुका लागी सिकाई भएको र नयाँ विषयवस्तुहरुको जानकारी पाएको बताउनु भयो ।

विद्यार्थीहरुले नयाँनयाँ विषयवस्तु विभिन्न सामग्रीहरुको निर्माण गरेर आफनो रुची सिपकला पनि देखाएकोमा खुसी लागेको बताउनु भयो । साथै उहाँले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुको र अभिभावकहरुको मनोबल हौसला बढने भएकाले आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु संचालन हुनुपर्ने बताउनु भयो ।

कक्षा १० की छात्रा आरती नाथले हामी सबैले आफै आफनो काम गर्न सिकाएको र आफुले सिकेको सिप अन्या साथीहरुले बनाएका विभिन्न सामग्रीबाट सिकाई पनि हुने बताउनु भयो ।

साथै विद्यार्थीहरुको सिप, कलाहरु र क्षमताहरुको विकास हुने र आफुले बनाएका सामाग्रीहरु खानेकुराहरु विक्री गर्ने कलाको विकास पनि हुने सिकाई हुने बताउनु भयो ।

पढाई मात्रै नभएर व्यवहारमा लागु हुनेगरी आफैले सिप कला प्रस्तुत गर्ने भएकाले आफुले अध्ययन गरीरहेका विषयहरुको पनि सिकाई हुने अरुले पनि सिक्ने भएकाले यो कार्यक्रम हरेक वर्ष आयोजना हुनु पर्ने बताउनु भयो ।

विज्ञान र कला तथा शिल्प प्रर्दशनी प्रतिस्पर्धामा विजेता विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ८ हजार, दोस्रोलाई ५ हजार, तेस्रोलाई ३ हजार र सान्त्वनालाई १ हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

सम्बन्धित

Comments are closed.