साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम प्रभावित
बझाङ, ५ असार
लकडाउनका कारण बझाङ सदरमुकाम चैनपुरमा निमार्णधिन साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम प्रभावित भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसको सक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी अर्थात लकडाउनले बझाङ सदरमुकाम मा निर्माणाधीन तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम प्रभावित भएको हो ।
जयपृथ्वी नगरपालिकामा सेती नदीको पानी लिफ्टिङ प्रविधिबाट गाउँमा निकालेर घरघरमा वितरण गर्ने गरी सुरु भएको बृहत् पम्पिङ खानेपानी आयोजनाको काम लकडाउनले प्रभावित भएको हो । एक वर्ष अघि २१ करोड ७३ लाखको लागतमा निमार्ण हुन लागेको आयोजना आशिष निर्माण सेवा र सिएवी कन्ट्रक्सन प्रा.लि ले निर्माण कार्य शुरु गरेको हो ।सम्झौता भएको मिति देखि १८ महिना भित्र सम्पन्न गर्ने गरि एक बर्ष अघि सम्झौता भएको भए पनि लकडाउनका कारण तोकिएको समायावधिमा काम सम्पन्न नहुने भएको छ । सम्झौता अनुसार आयोजनाको काम २०७७ कार्तिक महिनामा सम्पन्न गरिसक्नु पर्ने छ ।तर लकडाउनका कारण योजनामा काम गर्ने मजदुर घर गएको र नेपालमा दक्ष मजदुर नपाउँदा योजना निमार्णमा ढिलाई भएको आयोजनाका साईड ईन्चार्ज सुरेन्द्र चन्दले बताउनु भयो । उहाले आयोजनाको सम्पोईल साईड र रिजर्व टं्याङकीको फाउण्डेसन निर्माण गर्नका लागी आवश्यक दक्ष जनशक्ति नेपालमा नरहेको बताउदै ईन्टेक साईड र रिजर्व टं्याङकी निर्माण का लागी मजदुरहरु भारत बाट ल्याउनु पर्ने बताउनु भयो । लकडाउनका कारण मजदुरहरुलाई ल्याउन नसकिएका कारण योजना निमार्णमा ढिलाई भएको हो । रिजर्व ट्याङकीमा प्रयोग हुने फिटिङंस, फिल्टर, पप्प र योजनामा चाहिने अधिकांस सामाग्री भारत र चीन बाट आयात गर्नु पर्ने र लकडाउनका कारण सामान ढुवानी गर्न नसकिएको चन्दको भनाई छ ।
सेती नदीको पानी लाई पम्पीङ सिस्टम बाट सदरमुकाम नजिकैको भोपुरमा ट्याकी बनाई जम्मा गरिने छ । यसरी जम्मा भएको ट्याङकीको पानी जिल्ला सदरमुकाम चैनपुर लगायत आसपासका क्षेत्र देवल र भोपुरका करिव १ हजार ९५ घरधुरीलाई पाइप लाइन मार्फत्त खानेपानी वितरण गरिने चैनपुर शहरी खानेपानी तथा सरसफाई समितिका अध्यक्ष लोकेन्द्र विष्टले बताउनु भयो ।हाल सम्म योजनाको ३६ प्रतिशत मात्र काम भएको छ । सम्झौताअनुसार उक्त आयोजनाको काम २०७७ कार्तिक महिनामा सम्पन्न गरिसक्नु पर्ने भए पनि लकडाउनका कारण काम अझै लम्बिँदै गएको छ ।
शुक्लाफाँटा खबर
5288 posts
Comments are closed.