लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा सम्पन्न गरीएका कार्यक्रमको समिक्षा सम्पन्न

महेन्द्रनगर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सम्पन्न गरीएका कार्यक्रमको सरोकारवाला निकायहरु संग समन्वय र समिक्षा कार्यक्रम सम्पन्न गरीएको छ । गैसस महासंघ कञ्चनपुरको आयोजना निड्स नेपाल र सन्जिवनी नेपालको सहयोगमा आयोजना भएको उक्त कार्यक्रमको सभाध्यक्षमा गैसस महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी बोहरा रहनु भएको थियो भने, प्रमुख अतिथीमा भीमदत्त नगरपालिकाका महिला शाखा प्रमुख कुन्ती लेखक रहनु भएको थियो ।

उक्त कार्यक्रममा जिल्लामा रहेका सम्बन्धित क्षेत्रमा कार्यरत करिब १६ वटा संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म अर्थात् यही मंसिर ९ गते देखि २४ गतेसम्म अन्तराष्ट्रिय अभियानका रूपमा विभिन्न कार्यक्रम गरी यो कार्यक्रम मनाइएको छ ।

यस वर्ष “प्रविधिको सही प्रयोग गरौँ लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने नाराका साथ यो अभियान मनाइएको छ । सहभागीहरुले अभियानको समयमा मात्रै नभएर अन्य दिनहरुमा पनि सबैले हातेमालो गरेर यो अभियानलाई अझै बढी शसक्त बनाएर अगाढी लैजानु पर्ने बताएका थिए ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मात्रे नभएर हरेक दिन यसलाई मनन गरेर सबैले एकजुट भएर यसको अन्त्यका लागी काम गर्नुपर्ने सहभागहिरुले बताएका छन् ।

कार्यक्रमका सभाध्यक्ष एवम गैसस महासंघ कञ्चनपुरका अध्यक्ष बोहराले विगत १४ दिनसम्म लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा सम्पन्न गरीएका कार्यक्रमहरुको जानकारी र समिक्षा गरीएको र आगामी दिनहरुमा के कसरी कार्यक्रमहरु संचालन गर्न सकिन्छ ? भन्ने विषयमा छलफल भएको उहाँले बताउनु भयो ।

सुरुवात देखी दिइएका जिम्मेवारी अनुरुप सबै संस्थाहरुले आफनो कार्यहरु सम्पन्न गरेको उहाँले बताउनु भयो । विद्यालयमा, महिला समुहमा, युवायुवतीहरुसंग प्रविधी, लागुऔषध, र छाउपडीका विषयमा विभिन्न जनचेतना मुलक कार्यक्रमहरु सम्पन्न गरिएको उहाँले बताउनु भयो ।

यसैगरी, निडस नेपालका अध्यक्ष दुर्गा खरेलले आफनो संस्थाका कार्यक्रमहरु लगु भएका जिल्लामा रहेर विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गरीएको र जिल्लामा पनि विभिन्न महिला समुहमा रहेर कार्यक्रमको आयोजान गरीएको बताउनु भयो ।

संजिवनी नेपालका कार्यकारी निर्देशक नितु भट्टले विद्यालय स्तरमा प्रविधीको कसरी सही प्रयोग गर्न सकिन्छ ? साईवर अपराधबाट कसरी सुरक्षित रहन सकिन्छ ? आफु र आफनो साथीलाई कसरी सुरक्षित गर्न सकिन्छ ? साथै महिला समुहमा जलवायु परिवर्तनले लैगिक हिन्सामा पर्ने असरको डायलग सेसन संचालन गरेको बताउनु भयो ।

उहाँले भीमदत्त नगरपालिकामा रहेका निमावी स्तरीय चित्रकला प्रतियोगिताको पनि आयोजना गरेको बताउनु भयो । स्रोत, साधन, अवसर, जिम्मेवारी तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सीमित राख्नु, महिलाको कामको

मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू यस अन्तर्गत पर्दछ भन्ने विषयमा छलफल गरेको बताउनु भयो ।उक्त कार्यक्रमको संचालन गैसस महासंघ कञ्चनपुरका उपाध्यक्ष अमिर तिरुवाले गर्नु भएको थियो ।

सम्बन्धित

Comments are closed.