महेन्द्रनगर । किसान बहुउदेश्यिय सहकारी संस्थाले आफनो ३१ औ वार्षिक साधारण सभा तथा भीमदत्त एकाइ भेला सम्पन्न गरेको छ । बुधवार उद्योग वाणिज्य संघको हलमा एक भव्य कार्यक्रमको आयोजना गर्दै उक्त कार्यक्रम सम्पनन भएको हो ।उक्त कार्यक्रमको सभाध्यक्षमा सहकारीका संचालक समितीका उपाध्यक्ष टेकेन्द्रप्रशाद थापा रहनु भएको थियो भने, प्रमुख अतिथीमा भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रशाद देवकोटा रहनु भएको थियो भने विशिष्ट अतिथीमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख खडकबबहादुर खत्री रहनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम वडा अध्यक्ष देवकोटाले यो संस्था उदाहरणिय कार्य गरेको बताउनु भयो ,।
महिलाहरुलाई सक्षम बनाएर उद्यमी बनाएर आत्म निर्भर बनाउनमा महत्वपूर्ण योगदान गरेको बताउनु भयो । महिलाहरुले निकोलेको रिणले आफनो व्यवसाय संचालन गरेको र आर्थिक रुपमा पनि बलियो बनाउनमा सहकारीले अतुलनीय योगदान गरेको आफुले पाएको बताउनु भयो ।
साथै मृत्यु पश्चात पनि सबै रिण रकम फिर्ता गरेर दुखको बेलामा पनि सहकारी साथमा छ है, भनेर आत्मियता कायम गरेको सराहनिय कार्य रहेको बताउनु भयो । साथै आफुले पनि यदी महिलाहरुले उपयुक्त कामको थालनी गर्नु भयो भने वडाले पनि आर्थिक रुपमा साथ र सहयोग गर्ने बताउनु भयो ।
साथै उहाँले यो संस्थालाई यो उचाई सम्म पुय्राउनु हुने सबै कर्मचारी सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । सहकारीले रिण दिने बचत उठाउनेमात्रै नभएर सामाजिक उत्तरदायित्व वहन गरेर पिडामा रहेका सदसइहरुलाई पनि सुरक्षा दिने योजना अति ने राम्रो रहेको बताउनु भयो ।
यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी खत्रीले पछिल्लो समयमा अनलाईन ठगीहरु ब्ढदे गईरहेको भएर महिला दिदिबहिनीहरुले सचेत भएर अनलाईन कारोबार संचालन गर्न आग्रह गर्नु भयो । सबैलाई आफनो पासवर्ड वा अन्य नम्वरहरु नदिन र म्यासेन्जर व्हाट्स एपमा आउने म्यासेजहरु सबै नखोल्न पनि आग्रह गर्नु भयो ।
सचेत र सुरक्षित भएर अनलाईन कारोबार गर्न उहाँले महिलाहरुलाई आग्रह गर्नु भयो । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका भीमदत्त शाखा प्रमुख पदम सिंह खडकाले १ सय ६० जना शेयरधनी सदस्यहरुको उपश्थितीमा आजको कार्यक्रम सम्पन्न भएको बताउनु भयो ।
साथै सहकारीले शेयरधनीका छोराछोरीलार्य शिक्षामा राम्रो अंक ल्याउनेलाई नगद ५ हजार छात्रवृत्ती प्रदान गरेको र साथै शेयरधनीका श्रिमानको मृत्यु भएका २ जनाको सबै कर्जा मिनाह, काजक्रिया खर्च र निकालेको रिण रकम फिर्ता गरेको बताउनु भयो ।
यसैगरी, ५ जना उत्कृष्ट शेयरधनी सदस्यलाई सम्मान उत्कृष्ट केन्द्र २ वटालाई पनि सम्मान गरीएको बताउनु भयो ।
Comments are closed.