सुदूरपश्चिममाथि सानदार जित निकाल्दै लुम्बिनी बन्यो एनपिएल च्याम्पियन

महेन्द्रनगर । लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको छ।शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्यमाथि ६ विकेटको सानदार जित निकाल्दै लुम्बिनी दोस्रो सिजनको एनपिएलको च्याम्पियन बनेको हो।  सुदूरपश्चिमले लिग चरणमा ६ खेल जितेर शीर्ष स्थान पक्का गरेको थियो। अन्तिम खेलमा विराटनगरसँग पराजित भए पनि सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेको हो।

सुदूरपश्चिमले लिग चरणमा ६ खेल जितेर शीर्ष स्थान पक्का गरेको थियो। अन्तिम खेलमा विराटनगरसँग पराजित भए पनि सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गरेर फाइनलमा स्थान बनाएको थियो।सुदूरपश्चिम लगातार दोस्रो सिजन उपविजेतामै सीमित बन्यो।

गत सिजन पनि लिग चरणमा उत्कृष्ट खेलेको सुदूरपश्चिम फाइनलमा भने जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। शनिबार उपाधि जित्ने क्रममा लुम्बिनीले सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य ४ विकेटको क्षतिमा ९ ओभरमा पूरा ग¥यो।लुम्बिनीका लागि ओपनर दिनेश अधिकारीले ४२ रन जोडे।

पहिलो ओभरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ४ छक्का प्रहार गरेका अधिकारीले १३ बलमा १ चौका र ५ छक्का प्रहार गरे। आक्रामक सुरुवात गरेको लुम्बिनीले अधिकारीको ब्याटिङमा पहिलो ओभरमै ऐरीविरूद्ध २७ रन जोडेको थियो।

उनी पाँचौ ओभरमा हेमन्त धामीको बलमा स्कट कुगेइलिनबाट क्याच भए।अर्का ओपरन डार्शी शर्टले धामीबाट बोल्ड हुनुअघि १४ रन बनाए। उनले १३ बलमा ३ चौका प्रहार गरे। उनी दिनेश अधिकारी आउट भएको दुई बलअघि आउट भएका थिए। टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले खराब ब्याटिङ ग¥यो।

जसका कारण सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट हुन बाध्य भयो।लगातार विकेट गुमाएको सुदूरपश्चिमविरूद्ध लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक गरे। रोहितको ह्याट्रिकसँगै सुदूरपश्चिम संकटमा परेको थियो।रोहितले ११औं ओभरको अन्तिम तीन बलमा ह्याट्रिक गरेका थिए।

यो सिजनको दोस्रो ह्याट्रिक हो। यसअघि काठमान्डु गोर्खाजका शाहब आलमले पनि ह्याट्रिक गरेका थिए। रोहितले ११औं ओभरको चौथो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई रुबेन ट्रम्पलम्यानबाट क्याच गराए। दीपेन्द्रले २० बलमा १३ रन जोड्न सके।पाँचौ बलमा रोहितले दीपक बोहरालाई सन्दीप जोराबाट क्याच गराउँदै डकआउट गरे। छैटौं बलमा पुनित मेहरा रोहितको एलबिडब्लूको धरापमा परे।

रोहितले ह्याट्रिक गरेसँगै सुदूरपश्चिमले ११ ओभरमा ४४ रन जोड्दा ६ विकेट गुमाएको थियो। यस्तै उसले १४ ओभर चल्दै गर्दा ५० रन पूरा गर्न सकेको थियो।लगातार विकेट गुमाएको सुदूरपश्चिमले सातौं विकेट १५औं ओभरमा गुमायो। उसका हर्मित सिंह १० रन बनाएर आउट भए। १५औं ओभरको तेस्रो बलमा शेर मल्ललाई छक्का प्रहार गरेका उनी अर्को बलमा डार्शी शर्टबाट क्याच भए।

सुदूरपश्चिमका लागि सर्वाधिक रन प्रहार गरेका इशान पाण्डेले ३३ रन बनाउन सके। आज ओपनिङमा आएका पाण्डेले ५१ बल खेल्दा १ चौका मात्र प्रहार गर्न सके। १७औं ओभरसम्म टिकेका उनी यो ओभरको तेस्रो बलमा आउट भएका थिए। उनलाई लुम्बिनीका शेर मल्लले मोबिन सुभसिंहबाट क्याच गराएका थिए।

त्यसअघि सुदूरपश्चिम पहिलो ओभरमै ओपनर विनोद भण्डारीलाई गुमाएको थियो। उनी ट्रम्पलम्यानको बलमा दिनेश अधिकारीबाट क्या हुँदा डकआउट भएर पेभिलियन फर्किए। तेस्रो ओभरमा ट्रम्पलम्यानले अर्को विकेट लियो। उनले भारतीय ब्याटर सेल्डन ज्याकसनलाई १ रनमै एलबिडब्लूको धरापमा पारे।

पावपरप्लेमा तेस्रो विकेट लिने क्रममा लुम्बिनीले आरिफ शेखको पनि विकेट लियो। आरिफलाई पाँचौ ओभरमा शेर मल्लले ६ रन बनाएर खेलिरहदा एलबिडब्लूको धरापमा पारेका थिए।अन्तिममा स्कट कुगेइलिन पनि १० रनमै आउट भए। १९औं ओभरमा तिलकाराज भण्डारीको बलमा सन्दीप जोराबाट समातिए।

आउट हुनुअघि उनले १ छक्का प्रहार गरे। अन्तिम विकेटको रूपममा अभिनास बोहरालाई १ रन ट्रम्पलम्यानले अन्तिम ओभरको पहिलो बलमा डार्शी शर्टबाट क्याच गराएसँगै सुदूरपश्चिम ८५ रनमै अलआउट हुनु पुग्यो। हेमन्त धामी ७ रनमा नटआउट रहे।

सम्बन्धित

Comments are closed.