सामुदायिक विपद ब्यबस्थापन समितिका पदाधिकारीहरु संग अन्तरक्रिया तथा सिकाइ आदान प्रदान कार्यक्रम सम्पन्न

कञ्चनपुरमा रहेको सामाजिक संस्था वातावरण संरक्षण तथा समाज कल्याण संघ पेसवानले सामुदायिक विपद ब्यबस्थापन समितिका पदाधिकारीहरु संग अन्तरक्रिया तथा सिकाइ आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

प्राक्टिकल एक्सनको सहयोग र पेसवानको आयोजना रहेको उक्त कार्यक्रमको सभाध्यक्षमा संस्थाका उपाध्यक्ष पशुपती थापा मगर रहनु भएको थियो भने, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ल ाअधिकारी मोहनचन्द्र जोशी को प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा भीमदत्त शुक्लाफाँटा बेलौरी र पुनर्वास का पालिका विपद् सम्पर्क व्यक्तिहरू र सोही पालिकाका १७ वटा समुदाय बाट सामुदायिक विपद् ब्यबस्थापन समितिका पदाधिकारी हरुको सहभागिता रहेको थियो । सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी हरुका सिकाईहरु एक–अर्कोसँग आदान–प्रदान गर्ने तथा आगामी योजनाका बारेमा छलफल गरेर कसरी अगाढी बढन सकिन्छ भनेर यो कार्यक्रमको आयोजना गरीएको संस्थाका उपाध्यक्ष थापाले बताउनु भयो ।

सामुदायिक विपद् व्यवस्थापन समितिका भूमिका तथा जिम्मेवारीहरु के के हुन् ? सामुदायिक विपद् व्यवस्थापन समितिको पदाधिकारी भएर काम गर्दा तपाईलाई लागे÷भोगेका सवल पक्ष÷असल अभ्यासहरु के के छन् ? समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम सञ्चालन पञ्चात् भए÷लागेका सिकाईहरु के के छन् ?

सामुदायिक विपद् व्यवस्थापन समितिको पदाधिकारी भएर कामगर्दा तपाईलाई लागे÷भोगेका कमजोर पक्ष÷चुनौतिहरु के के छन ? सिडिएमसीका मूख्य आवश्यकताहरु के के छन ?पालिकाको योजना तर्जुमा प्रक्रियामासिडिएमसी कसरी सहभागि भयो? वडा तथा पालिकासँग सिडिएमसी को समन्वयतथा सहकार्य कस्तो छ ? भन्ने विषयमा पनि छलफल भएको उहाँले बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले सानो समयमै संस्थाले राम्रो काम गरीरहेको बताउनु भयो । साथै,संस्थाले सिकाएका सिपहरु ज्ञानहरलाई आफनो वयवहारमा लागु गर्ने विपद सम्बन्धी प्रदान गरीएका सामग्रीहरुकोे सदुपयोग गरी विपदमा कम मानविय क्षती र नोक्शान हुनबाट जोगाउने पहिलो व्यक्ती नै सामुदायिक विपद व्यवस्थापन समिती भएको भएर आफनो काम तदरुकताका साथमा गर्न आग्रह गर्नुभयो ।

यस्तै सहभागी लालझाडी ३ बल्मीमा रहेको त्रिशक्ती सामुदायिक विपद व्यवस्थापनको कोषाध्यक्ष राजेन्द्र रानाले संस्थाले विपदबाट जोगिन विभिन्न तालिमहरु प्रदान गरेको साथै विभिन्न खोज तथा उद्धारमा आवस्यक पर्ने सामग्रीहरु प््रदान गरेको बताउनु भयो

साथै आजको यो अन्तरक्रियामा पनि विभिन्न पालिकाबाट आउनु भएका सहभागीहरुसंग उहाँहरुको अनुभव र आफनो कार्य अनुभवपनिप्रदान गरेको र राम्रो सिकाई आदानप्रदानभएको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.