महेन्द्रनगर । वेदकोट नगरपालिकाले स्वीट नेपालद्धारा संचालित परियोजनाको अनुगमन गरेको छ । स्वीट नेपाल कञ्चनपुरको आयोजना तथा केएनएचको आर्थिक सहयोगमा वेदकोट नगरपालिकामा संचालित “एकिकृत महिला र बालवालिका समाजिक आर्थिक शशक्तिकरण परियोजना” को अनुगमन गरीएको हो ।

लक्षित समुदाय अन्र्तगत वेदकोट नगरपालिका वडा न ४ र ५ को बिपन्न बस्तीहरुमा आज वेदकोट नगरपालिकाको अनुगमन टोली र स्वीट नेपालको सयुक्त टोलीले एकसाथ अनुगमन गरेका हुन ।वेदकोट नगरपालिका नगरउप्रमुख श्री तुलसी जोशीको नेतुत्वमा भएको अनुगमन टोलीमा निमित्त प्रमुख प्रसासकिय अधिृकत केशव दत्त भट्ट,वेदकोट नपा वडा न १ का अध्यक्ष रमेश सिह भण्डारी,वडा न ३ का अध्यक्ष मोहन गुर्धामी,वडा न ४ का अध्यक्ष नरेन्द्र बोहरा वडा न ५ का अध्यक्ष चित्रदेव भट्ट

योजना शाखाका अमर महरा महिला शाखा प्रमुख राधिका पन्त त्यसैगरी स्वीट नेपालका अध्यक्ष अमिर तिरुवा संस्थापक कृष्ण सिह देउपा सचिव असोकी चौधरी र कार्यक्रम अधिकृत मिना आउजी लगायतको सहभागिता रहेको थियो

अनुगमन टोलीले वेदकोट नगरपालिकाको वडा न ३ का नौलौ आत्मनिर्भर समुह र हरियाली आत्मनिर्भर समुहमा गई अनुगमन गरिएको थियो उक्त समुहमा महिला शशक्तिकरण बालशशक्तिकरणका कार्यक्रमको बारेमा छलफल तथा अन्र्तक्रिया समेत गरिएको थियो उक्त समुहहरुमा प्याज खेती,च्याउ खेती तथा ब्यक्तिगत लक्ष्य प्राप्तिकाबारेमा समेत समुहमा प्रगती भईएको हेरिएकोे थियो ।
त्यसैगरी वेदकोट नगरपालिका वडा न ५ को एकता समुह,सफल समुह र प्रगती र उन्नती आत्मनिर्भर समुहमा गई वहाहरुले गरेको कामको सफलता तथा चुनौतिका बारेमा जानकारी लिईएको थियो भने उनीहरुको मागलाई सम्बोधन गर्ने समेत टिमले बाचा गरेका थिए ।
उक्त वडाको समुहका महिलाहरुले सयुक्त रुपमा फुलको माला बनाउने काम र प्याज र च्याउ खेती समेत गरेका छन । वहाहरुको कामलाई नगरपालिका तथा स्वीट नेपालले सम्मान गरेको थियो कम समयमै आफना आवाजहरु वडा तथा पालिकामा राखेपछि गाउमा ससना पुलहरु,बाटोघाटोहरु समेत निर्माण र बिभिन्न तालिमहरुमा सहभागिता बढाईएको कुरा अनुगमन टोलीले पाएको थियो ।
स्वीट नेपाल कञ्चनपुरले बिगत २ बर्षदेखि वेदकोट नगरपालिकाको वडा न १,२,३,४,५ र १० केएनएचको आर्थिक सहयोगमा महिला तथा वालवालिका शशक्तिकरण परियोजना अती बिपन्न समुदायमा ४५ वटा आत्मनिर्भर समुह निर्माण गरी त्यसको क्षमता बिकास गरिरहेको कार्यक्रम अधिकृत मिना आउजीले जानकारी दिएका छन ।
Comments are closed.