सुदूरपश्चिममा शनिवार एक सय ६३ जनामा कोरोना पुष्टि
धनगढी, ६ असार
सुदूरपश्चिममा शनिवार एक सय ६३ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२, धनगढी प्रयोगशालामा ६९ र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालमा दुई जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा डोटीका नौँ महिला र ५२ पुरुष गरी ६१ जना, बैतडीका १८ पुरुष, डडेल्धुराका ५ महिला र सात पुरुष गरी १२ जना र कैलालीका एक पुरषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। यस्तै शिक्षण अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका दुई पुरुषमा पनि संक्रमण पुष्टि भएको उनले बताए। यस्तै धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालमा आज ६९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
उनका अनुसार डडेल्धुराका २७, कैलालीमा २४, डोटीका ११, अछाम, बैतडी र बझाङमा दुई÷दुई र कञ्चनपुरमा एक जनामा कोरोना पुष्टि भएको हो। संक्रमित मध्ये ५८ पुरुष र महिला ११ रहेका छन् । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या नौँ सय ४८ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका दुई सय २९, डडेल्धुरामा एक सय ७१, बैतडीमा एक सय ४०, डोटीमा एक सय ३३, कञ्चनपुरमा ९७, अछामका ७६, बाजुराका ७०, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ।

शुक्लाफाँटा खबर
5612 posts
Comments are closed.